लक्की चौधरी पश्चिमा थारूहरूले मनाउने विशेष पर्व हो– ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारूले खिचरा भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारूहरूको बसोवास छ । ठाउँअनुसार यो पर्वको नाम फरक भएको हुन सक्छ । यद्यपि, माघेसङ्क्रान्तिको नामले सबै नेपाली समुदायले यस पर्वलाई माघ १ गते मनाउने प्रचलन रहँदै आएको छ । बाह्र महिनामध्ये माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ रहन गएको सत्य हो । यद्यपि, पछि यसलाई ‘माघी’ भनी सम्बोधन गर्न थालियो । विशेषगरी थारू समुदायको छाता सङ्गठन थारू कल्याणकारिणी सभा (थाकस) ले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउन शुरु गरेपछि माघलाई माघी भन्न थालियो । पश्चिमका थारूले यो पर्वलाई माघका रूपमा मनाउँछन् । तर, पूर्वका थारू र काठमाडौँ उपत्यकामा कामविशेषले बसोवास गर्ने थारूहरूले साझा पर्वका रूपमा माघलाई ‘माघी’का रूपमा मनाउँदै आएका छन् । उच्चारण जुन शब्दबाट गरिए पनि आखिर भन्न खोजेको ‘माघ’ नै हो । यो पर्वको सुरुवात प...
Posts
Showing posts from February 4, 2020