लखन चाैधरी। माघ सबन्धी गीतहरूले बस्ती गुञ्जयमान छन् । जेल जीवन भोगिरहेका सांसद रेशमलाल चौधरीले ‘कमैया’ फिल्मको लागि गाएको गीत घन्किरहेको छ – माघ लहैली सुरिक सिकार खैली रे हाँ सखिय हो माघक् पिली गुरीगुरी जाँर । त्योसँगै थारु बस्तीहरूमा सांस्कृतिक र भाषिक अधिकारको बहस चुलिएको हो । सामाजिक सञ्जालका भित्ताहरू रंगिएका छन् । गाउँदेखि शहरबजारमा यतिबेला माघीको रौनक छ । रौनकताभित्र कार्यक्रमको आमुखमा ‘माघी होइन, माघ पर्व, माघ महोत्सव, माघ मिलन’ आदि लेखिनुपर्ने अभियान चलाइएको छ । गोरखापत्र दैनिकमा पुस १५ गते प्रकाशित लेखमार्फत अधिकारकर्मी इन्दु थारुले माघी पर्ववारे लेखिन्, ‘माघको एकातिर रौनक, अर्कोतिर आक्रोश छ । थारु भाषाप्रतिको प्रहार र माघको बिदालाई लिएर थारुहरूमा निराशा र आक्रोश छ । यही पीडा र आक्रोशका बीचमा थारु गाउँमा डफ बजेको छ । ढमार गाइएको छ । मादल ठोकिएको छ, मघौटाका नचुनियाहरू फनफनी घुमेका छन् । अनि लाग्छ पीडाका बीचमा पनि रमाउन सक्ने समुदाय थारु हो ।’ लेखको उपसंहारमा उल्लेखित सो अनुच्छेदभित्र सांस्कृतिक, भाषिक र राजनीतिक उत्पीडनका बाबजुद मुटुमाथि ढुंगा राखी नाच्नुपर्या...