दंगीशरणमा माघी मेला २०७६ शुरु

दाङ्ग। दंगीशरण माघी म्यालम जाई, हेरैटि गैलक थारु लोक सस्ंकृति बचाई भन्ने मुल नाराका साथ आजदेखि दंगीशरणमा माघी मेला २०७६ शुरु भएको छ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा सुरु गरिएको मेलाको भव्य रुपमा उद्घाटन गरिएको थियो । प्रदेश नं. ५ का सांसद विमला वलीले गरेकी थिइन् । सांसद वलीले माघी मेलाको उद्घाटन थारु संस्कार अनुसार दाल, चामल, नुन ढकियाबाट तीन पटक टपरीमा राखेर माघि मेला कार्यक्रमको उद्घाटन गरेकि हुन् ।
माघी मेला कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वलीले नमुना दंगीशरणको रुपमा चिनाउनका लागि आफुले सधैँ साथ र सहयोग गर्ने बताईन् । “ स्व. उत्तर वलीले दंगीशरणका थारु समुदायको उत्थानका लागि थारु कल्चरल भिलेज स्थापना गर्ने जुन योजना ल्याएका थिए । दंगीशरणलाई नमुना गाउँपालिकाको रुपमा चिनाउने जुन सपना थियोे अब त्यो बाँकि रहेको काम मैले सफल पार्नेछु ।” सांसद वलीले भनिन् ।
साथै अवको मुख्य समस्या भनेको भौतिक पूर्वाधारहरु हो मैले त्यसैलाई प्राथमिक्तामा राखेको बताईन् । साथै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले थारु सस्ंकृति जगेर्ना गर्नका लागि थारु भाषा बचाउन र प्रयोगमा ल्याउनुपर्ने आवशयक रहेको बताए ।
यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले भनिन् – “थारु जातीको बस्तीमा आफुलाई बस्न दिएको यहि थारु जाती हो, थारु जाती मात्र रहेको यो ठाउँमा थारु पुर्खाहरुले भूमिदान गरी अन्य जातीलाई दंगालीको रुपमा चिनाउने गर्यो । म थारु पूर्खाहरुलाई सम्झीन चाहन्छु, सम्मान गर्न चाहन्छु ।”
उद्घाटन शत्र कार्यक्रममा आज पहिलो दिन विभिन्न थारु जातीको १० वटा मौलीक लोककला, थारु नाच प्रश्तुत गरिएको थियो । आज दंगीशरणका ७ वटै वडाको डाडांचिस, मधरीयागाउँ, थपगाउँ, सिम्ठाना, चखौरा, खलुवा चिस,गोलटाकुरी लगायतका गाउँको थारु मघौटा, हुर्डुंग्या, छोक्रा लगाएतका नाच प्रश्तुत गरिएको भने जमान चौधरी, धनीराम चौधरी, जगतराम चौधरी, सुर्यवास चौधरी, मोहन कुमार चौधरी, ओलम्पीक चौधरी लगाएतले मागर, ढुम्रु गित, सजना जस्ता पुराना थारु गित प्रस्तुत गरेका थिए । भोली पनि थारु लाके कलाकारहरुले दर्जनौँ पुराना थारु लोकनाच, गित प्रश्तुत गर्ने कार्यक्रम रहेको छ ।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान