नातक : संघर्ष
~ईन्द्र अधिकारी~ दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग । समाज भाडिन लागेको छ, त्यसैको रोकथामको निम्ति । देशमा व्याप्त अव्यवस्थालाई उन्मुलन गर्न म तपाईहरुको आवश्यकता देख्छु अनि आज सम्बोधन हुने कानूनी कार्वाहीहरुलाई प्रत्येक क्षेत्रमा पुर्या उने काममा पनि म तपाइहरुको सहायता माग्दैछु । मैले केही नीतिहरुको तर्जुमा गरेको छ, र म यिनलाई जनता सम्म पुर्यारउने काम तपाइहरुलाई दिदैछु । १. देश र नरेशको विरुद्ध बोल्नेलाई मृत्यु दण्डको सजाय हुनेछ । २. नरेशले मानेको संस्कृति र भेषलाई सबैले मान्नु पर्नेछ । त्यही सबैतिर लागु भएको हुनु पर्नेछ । ३. प्रजातन्त्रको नाममा अमानवीय व्यावहार गर्ने अनि त्रुटिपूर्ण भ्रम फैलाउनेहरुलाई कडा भन्दा कडा सजाय दिइने छ । ४. नरेशको आदेश पालना नगरी त्यसको विपक्षमा काम गरे त्यसलाई पनि कडा सजाय दिइने छ । ५. एउटा देशमा एउट...