खेलकुद सुरु

कैलारी
एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले प्रतियोगिताको उद्घाटन गरेका छन् । सो अवसरमा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी, शिक्षा शाखा प्रमुख गणेश मिश्र लगायतको सहभागिता रहेको थियो । 
तीन दिनसम्म चल्ने प्रतियोगितामा १०० मिटर, २०० मिटर, ८०० मिटर, १६०० मिटर र ३००० मिटर दौड प्रतियोगिता हुने जनाइएको छ । यसैगरी, १०० र ४०० मिटरको रिले दौड प्रतियोगिता पनि रहेको छ । यस्तै, भलिबल, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, शटफुट, कबड्डी प्रतियोगितासमेत रहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ देखि १२ कक्षासम्मका छात्राछात्रको सहभागिता रहेको जनाइएको छ ।
, माघ । कैलारी गाउँपालिका विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
वडा नम्बर १, ५ र ७ का विद्यालयको खेल जनकल्याण माध्यमिक विद्यालय पवेरामा भइरहेको छ । यस्तै, वडा नम्बर २, ३ र ४ का विद्यालयको खेल जनकल्याण माध्यमिक विद्यालय के गाउँमा भइरको छ । यसैगरी, वडा नम्बर ६, ८ र ९ मा रहेको विद्यालयको खेल जानकी माध्यमिक विद्यालय बनकट्टामा भइरहेको छ । प्रतियोगितामा ९ वटा सामुदायिक र दुई वटा संस्थागत गरी ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । 
रनिङ शिल्ड प्रतियोगितासंगै अतिरिक्त क्रियाकलाप पनि भइरहेको जनाइएको छ । अतिरिक्त क्रियाकलापमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि जलेबी दौड, मेच घुमाइ, ५० मिटर दौड र पठनसीप प्रतियोगिता सञ्चालन गरिएको छ । कक्षा ४ र ५ का विद्यार्थीका लागि गणीतिय दौड, चम्चा दौड, १०० मिटर दौड, चित्रकला र श्रुति लेखन प्रतियोगिता सञ्चालन गरिएको जनाइएको छ । 
यस्तै, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि १०० मिटर रिले दौड, २०० मिटर दौड, लङजम्प, वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको मिश्रले जानकारी दिए

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान