Posts

Showing posts from January 9, 2020

Kailari post कैलारी पाेष्ट: साहित्य

Kailari post कैलारी पाेष्ट: साहित्य : मुक्तक माेती रत्न कैलाली उ नेपाल डाई चिल्लाइटी नाेचुवा पाके ।  सुपुत्रनसे खुल्लम-खुल्ला बेचुवा पाके । पस्छिउ किल्ला-कांगडा, ...

Kailari post कैलारी पाेष्ट: िवचार/ लेख

Kailari post कैलारी पाेष्ट: िवचार/ लेख : कृष्णराज सर्वहारीद्वारा लिखित विचार बिर्सिएका परशुनारायण दाङदेउखुरी गोबरडिहास्थित परशुनारायण चौधरीको घर यतिबेला भूतबंगलाजस्तै देखिएक...

साैन्दर्य प्याकेजमा

Image
इन्दु थारु थारुहरुको संस्कृति जोगाउने कुरामा होस् या थारुहरुको पहिचानको आन्दोलनको कुरा वा टीकापुर विद्रोह वा १० वर्षे सशस्त्र द्वन्द्व किन नहोस्, थारु महिलाको यी सबैमा उत्ति नै महत्वपूर्ण योगदान रह्यो । जति योगदान भए पनि यो कुराहरु इतिहासमा कतै लेखिँदैन । कहीँकतै लेखिएको भए पनि यो पर्याप्त छैन । बर्दियाको साबिकको मानपुर टपराको बेलुवा टोलमा खलिहान आन्दोलन भयो जसलाई ‘खलिहान विद्रोह’ पनि भनिन्छ। खलिहानमा थारुहरु अधियाँमा काम गर्थे। अधियाँको न्यायोचित वितरण हुनुपर्छ भनेर आन्दोलन गरेकै आधारमा २००८ सालमा राज्यले गोली चलाएको थियो। त्यसमा कोइली थारुलगायत ५ जनाले ज्यान गुमाएका थिए। कैयौं घाइते भए। तपाई हामी सबैले भोगेको दस वर्षे द्वन्द्वको क्रममा थारु महिलाहरुले धेरै पीडा भोग्नुपर्‍यो। पूरै देश पीडा भोग्न बाध्य भएको थियो। थारु महिलाहरुको हकमा थारु र महिला भएको दोहोरो कारणले धेरै पीडा भोग्न बाध्य भए। थारु पुरुषहरु कि त माओवादी हुन बाध्य भए कि त इन्डिया जान। तर, महिलाहरु विभिन्न कारणवश बच्चाबच्ची हेर्नुपर्ने र घर सम्हाल्नुपर्ने कामले गर्दा घरमै बस्नुपर्‍यो। घरमा बस्दाको पीडा अर्कै छ। जो महि...

काम गर्न बिषयगत समिति बनाउने

Image
कैलारी संवाददाता, धनगढी, २४ पुस । धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढी उपमहानगरपालिकाका विषयगत समितिहरु सक्रिय बनाउँदै लगेको बताएकी छिन् ।  प्याक्ट÷साहस नामक संस्थाले बिहीबार धनगढीमा आयोजना गरेको स्थानीय सरकारको तहमा संचालन गरेका स्थिति विश्लेषण घटना अध्ययन सम्बन्धी अध्ययनका नतिजा तथा सिफारिस सार्वजनिकरण कार्यक्रममा बोल्दै उपप्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । सुरुका दिनमा विषयगत समितिलाई काम कर्तव्य बुझ्नका लागि केहि समस्या देखिएपनि अब समितिका पदाधिकारीहरु अभ्यस्त भैसकेका छन् उप–प्रमुख भट्टले भनिन् , त्यसैले अहिले सबै विषयगत समिति सक्रिय रहेका छन् । आयोजक संस्थाले विभिन्नतहमा अध्ययन गरेर धनगढीमा सार्वजनिक गरेको नतिजा यस स्थानीय तहमा हुबहु नमिल्न सक्छ उपप्रमुख भट्टले भनिन्, तर पनि प्रतिवेदनलाई सकारात्मक रुपमा लिन सकिन्छ । उप–प्रमुख भट्टले धनगढी उपमहानगरपालिकाले सुशासनलाई प्रवद्र्धन गर्नका लागि यसका सबै औजारहरुलाई अभ्यासमा ल्याएको बताइन् ।    

खेतीपातीमा औषधि छर्ने ड्राेन

Image
खेतीपातीमा औषधि छर्ने ड्राेनसँग सिवाकाेटी र उनका साथीहरु । तस्वीर: सुरेन्द्र बजगाईं काठमाडौं– नेपालमा मात्र होइन, पछिल्लो समय विश्वका विभिन्न देशमा तथा वैज्ञानिक रिसर्च सेन्टरहरुमा ‘ड्रोन’ (मानवरहित विमान)को विकासलाई निकै प्राथमिकतामा राख्न थालिएको छ । यसले मानव सभ्यातालाई तथा आम मानिसको जीवनशैलीलाई कसरी सहज बनाउने भन्ने विषयमा अध्ययन अनुसन्धान भएका छन् ।  त्यसको पछिल्लो उदाहरण केहीअघि दशरथ रंगशालामा दक्षिण एशियाली खेलकुद (साग)को समापनमा पनि देखिएको छ । ड्रोनको प्रयोगले सागको समापन निकै सुन्दर तथा प्रशंसायोग्य भएको थियो ।  विश्वमा ड्रोनकै प्रयोगले पछिल्ला दिनहरुमा घरघरमा औषधि डेलिभरसमेत गर्न थालिएको छ । यसको प्रयोग र एडभान्समेन्टबारे विभिन्न समाचार आइरहेका छन् । अनि नेपालमा पनि ड्रोनको अध्ययनले राम्रो विकास पाइरहेको छ । शनिबार अर्थात् १२ पुसमा जावलाखेलको एउटा स्टार्टअप मेलामा पनि ड्रोनको यस्तै प्रयोगको उच्चतम नमूना देख्न पाइयो । डिएभी कलेजमा भएको एक कार्यक्रममा देखिएको ड्रोन हो– हामीलाई खेतीपाती गर्न सहयोग गर्ने ड्रोन । शम्भु सिवाकोटी र उनका सा...

थारु संस्कृति: माघ

Image
छविलाल काेपिला बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानिघाट, सखि ए हो ! ....... केही दिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरू सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएर रहेका पीडाहरूलाई पनि बिर्साउँछ अनि धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरूसंग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ । यसरी सद्भावपूर्ण महत्वका साथ गाइने यस गीतले माघको वास्तविक सांस्कृतिक झल्को पनि दिन्छ । समय संगै अहिले माघ मनाउने शैली फेरिदै गएको छ । हिजो गाउँघरमा नाचगान गरेर मनाइने माघ अहिले मञ्च कार्यक्रम गरेर राजधानी लगायत शहर केन्द्रित भइरहेको छ भने विदेशमा रहेका थारू समुदायले पनि महोत्सवको रूपमा मनाउँदै आएको खबर आइरहेका छन् । यसैले यसको महत्व अझै बढ्दै गएको अनुभूति गर्न सकिन्छ । अब माघ पर्वको बारेमा थोरै चर्चा गरौं । #माघ  के हो ? माघ खासमा पश्चिमा थारु समुदायले मनाउने एक बिशेष पर्व हो । माघ पर्वलाई ठाउँ अनुसार थारु समुदायले माघ, खिचरा, खिचरी भन्ने गरिन्छ भने मगर समुदायले म...

देशका सात ठाउँमा वायु मापन स्थापना

Image
कैलारी संवाददाता धनगढी, २४ पौष – कैलालीको धनगढी उप–महानगरपालीका सहित देशका सात स्थानमा वायु गुणस्तर मापन केन्द्र थप गरिने भएको छ । वातावरण विभागले देशका ठूला शहर धनगढी, भीमदत्तनगर, चितवन, विराटनगर, जनकपुर, रारा र हेटौँडामा वायु गुणस्तर मापन केन्द्र थप गर्न लागेको हो । यसअघि देशभर १७ स्थानमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरी वायुको गुणस्तर मापन गरिँदै आएको छ । चालु आवभित्रै वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको छ । वातावरण विभागका मेकानिकल इन्जिनियर विजय अधिकारीले केन्द्र स्थापनाका लागि स्थान छनोट गरी बोलपत्र आह्वान भइसकेको बताए । उनका अनुसार प्रत्येक केन्द्र निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितको उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिने छन् । डिस्पले बोर्डमा वायुको गुणस्तर बारेको देश भरीको अपडेट देखिने छ’ उनले भने, ‘सुदूरपश्चिमका कञ्चनपुरको भीमदत्तनगरको बस पार्क, कैलालीको अत्तरीया चौराह, धनगढी चौराह र डोटीको दिपायलमा डिस्पले बोर्ड राखिने छन् ।’ बोर्डमा...

केबुल पड्किदा धनगढीमा विद्युत सेवा अवरुद्ध

Image
कैलारी संवाददाता, पुस,धनगढी:  कैलालीको अत्तरियामा रहेको सबस्टेसनमा केबुल पड्किदा धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ। सबस्टेसनबाट धनगढी आउने लाइन पड्कििएर समस्या भएको अत्तरिया वितरण केन्द्रले जनाएको छ। अहिले मर्मत कार्य चलिरहेको र केही समयमै विद्युत पुनः सुचारु हुने नेपाल विद्युत प्रधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सतिस कर्णले जानकारी दिएका छन्

बाघले घरपालुवा जनावर मार्याे

Image
कैलारी संवाददाता, पुस, मसुरिया।कैलालीको गौरीगंगा नगरपालिकामा बाघले घरपालुवा जनावर मारेको छ। नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका प्रेमसिँह कलेलका तीन बाख्रा, एक गाई र बाच्छि बाघले मारेको हो। ईलाका प्रहरी कार्यालय मसुरियाका अनुसार अण्डैया जिरायतका कलेलको घरमा बाधिएको अवस्थामा बाघले घरपालुवा जनावर मारेको हो। बेताल देउ प्रस्ताबिक सामुदायिक वन क्षेत्रबाट बाघ आएको स्थानीय दिपक बडैलाले बताए।

प्रथम चौमासिकमा गरेको प्रगति विवरण गाउँसभामा प्रस्तुत

Image
कैलारी संवाददाता, धनगढी, २४ पुस ।  कैलारी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गरेको प्रगति विवरण गाउँसभामा प्रस्तुत गरेको छ ।      बिहीबार बसेको गाउँसभाको बैठकमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गरेका हुन । सो गाउँपालिकाले प्रथम चौमासिकमा निकासा भएको कुल बजेटको ५४ प्रतिशत रकम खर्च गरेको छ । पहिलो चौमासिकमा १० करोड चार लाख ३९ हजार ४३९ रुपैयाँ निकासा भएकोमा पाँच करोड ३९ लाख एक हजार १९५ रुपैयाँ खर्च भएको जनाइएको छ ।      यसैगरी प्रथम चौमासिकमा गाउँपालिकाले कृषितर्फ ४५ प्रतिशत, पशुसेवा कार्यक्रममा ५२ प्रतिशत, मानव संशाधन विकासमा १०० प्रतिशत प्रगति हासिल गरेको छ । पूर्वाधारतर्फ ६ प्रतिशत प्रगति भएको अध्यक्ष चौधरीले विवरण प्रस्तुत गरे । प्रथम चौमासिकमा सम्झौता भएको ५० योजनामध्ये दुई वटा सम्पन्न भएको र बाँकी ४८ वटा योजना सञ्चालनको क्रममा रहेको जनाइएको छ ।     यसैगरी गाउँपालिकाले नौ वटा कानुनको मस्यौदा गाउँसभामा पेस गरेको छ । अध्यक्ष चौधरीले गाउँसभामा ...

माघी मिलन साँस्कृतिक महोत्सवको तयारी तिब्र

Image
राम अवतार चौधरी कपिलवस्तु, २४ पुस । कपिलवस्तुको शिवराज–९, शिवगढी, भगवानपुरमा हुन लागेको तेस्रो माघी मिलन साँस्कृतिक महोत्सवको तयारी तिब्रा पारिएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा यहि पुस २८ गते देखि माघ १ गते सम्म हुन लागेको महोत्सवको तयारी तिब्रा पारिएको हो । “हमन संस्कृति हमनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान“ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवलाई सबै मिली सव्य भव्य बनाउनका लागि आयोजकले आग्रह गरेको छ । महोत्सवका मुख्य आकर्षणहरू थारु पुर्खाैली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामाग्रीको प्रदर्शन, झुम्रा, झररा, लाठी, मयुर, सजनी बिराहनी लगायका थारु नृत्य, थारु खानाको परिकार, थारु भेषभुषाको प्रदर्शन आदि लगायत थारु समुदायसँग सम्बन्धित लोप हँदै गएको संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको महोत्सव संयोजक रमेश थारुले बताउनुभयो । यस्तै आकर्षणको केन्द्रबिन्दुका रूपमा थारु गायक तथा एरेन्जर गणेश चौधरी, आधुनिक, भोजपुरी तथा थारु गायक श्रीनिवास थारु, आधुनिक एवम् थारु गायिका समिक्षा चौधरी, थारु गायक रमेश मिसन लगायत ...

बसपार्कमा यात्रु तानातान

Image
कैलारी संवाददाता,पुस धनगढी।धनगढी बसपार्कमा विद्यमान यात्रु तानातानको समस्या रोक्ने दावी गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्राली लगायत अन्य विभिन्न यातायात प्रालीहरुले प्रहरी प्रशासनको सहयोगमा यात्रु तानातानको समस्या रोक्ने दावी गरिएको हो। ‘यातायात व्यवसायी र कर्मचारीहरुले यात्रु तानातान गर्ने समस्या रहेको छ,’ सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटाले भने, ‘अव यात्रु तानातान गर्ने, भाडा घटाएर लैजाने, बुकिङ काउण्टर अगाडी उभिएर यात्रुलाई टिकट काट्न समस्या उत्पन्न गराउनेलाई कानुनी कारवाही हुन्छ।’ उनले भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि समेत उक्त निर्णय गरिएको बताए। ‘रिक्सा चालक, होटल सञ्चालक र केही यातायात व्यवसायीहरुको सेटीङमा यात्रु किनबेच हुने समस्या समेत रहेको छ। अव त्यस्ता कार्य संग्लन भए कारवाहीको दायरामा ल्याउँछौ।’ उनले भने। उनले बसपार्क क्षेत्रमा सिसिटीभी जडान समेत भईसकेको बताउँदै यात्रुलाई सास्ती दिने कार्य नगर्न सबैमा आग्रह गरेका छन्।

प्रादेशिक यातायात सन्चालन

Image
कैलारी संवाददाता धनगढी, पुस भौतिक पूर्वाधार विकास मन्त्रालयले दीगो रुपमा बस सेवा सञ्चालन गर्न प्राधिकरणमार्फत सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । मन्त्रालयले बस सेवा सञ्चालनका लागि प्राधिकरण गठनको प्रारुप मस्यौदा तयार गरिरहेको जनाएको छ ।  प्रादेशिक यातायात तथा सडक पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले भने– बस खरिद गरेर सडकमा गुडाउनु ठुलो कुरा होइन । यसको दिगो व्यवस्थापन गर्नु आवश्यक हुन्छ । उनले प्रदेशमा दीगो रुपमा बस सेवा सञ्चालन गर्न प्राधिकरण उपयुक्त हुने बताए । निर्देशक भट्टले भने– मन्त्रालयले प्राधिकरणको मस्यौदा तयार गरेको छ । सो मस्यौदा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकबाट पारित भएपछि थप कार्य अघि बढ्नेछ । उनका अनुसार गठन आदेशको प्रारुप तयार भएपछि बस सञ्चालन गर्ने जिम्मेवारी प्राधिकरणको हुने छ । उनले यसको विधि तयार गर्न अझै एक डेढ महिना लाग्ने बताए । उनले भने– एक डेढ महिनामै मन्त्रालयले प्राधिकरणको गठन प्रारुप तयार गरिसक्ने छ । त्यसपछि बस सेवा सञ्चालनका लागि विनियोजन गरिएको बजेट प्राधिकरणले नै सञ्चालन गर्ने छ । मन्त्रालयका अनुसार प्राधिकरणमा नीति निर्माण गर...
Image
कैलारी संवाददाता, कैलारी पुस।कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी एकदशकदेखि गाउँको ‘भलमन्सा’ पदको जिम्मेवारीमा बसेर समुदायको नेतृत्व गरिरहेका छन्। परम्परागतरुपमा गाउँको रेखदेख गर्नुपर्ने मुख्य जिम्मेवारी बहन गर्नुपर्ने ‘भलमन्सा’ पदमा उनको परिवारका सदस्यले दशकौँदेखि बसेर समुदायको नेतृत्व गर्दै आएको छ। “बाजे हीरालाल चौधरी, बुबा बाबुराम चौधरी र जेठो दाजु प्रेमलाल चौधरीले पालैपालो समुदायमा भलमन्सा पदको जिम्मेवारीमा बसेर नेतृत्व गरे”, मानबहादुरले भने, “बाजे, बुबा र जेठो दाजुको निधनपछि आफूले नेतृत्व गर्दै आएको छु।” कार्यव्यस्तता बढ्दै जाँदा  उक्त पदमा बस्ने इच्छा आफूलाई नभए पनि समुदायले पुनः सोही पदमा बस्न आग्रह गर्दै आएका छन्। उनले भने, “अरु व्यक्तिबाट समुदाय चल्न नसक्ने भएकाले पुनःसो पद सम्हाल्न तयार हुनुपर्छ भनेर गाउँलेबाट आफूलाई आग्रह भइरहेको छ।” पूरै वडाको हकमा निर्वा्चित जनप्रतिनिधिको भूमिका रहन्छ।  समुदायको गाउँ टोलको हकमो बढी भूमिका सम्बन्धित गाउँको भलमन्साको हुने गरेको बताइन्छ।  गाउँमा आइपरेका यावत समस्या समाधानका साथै विकास ...
Image
कैलारी संवाददाता, पुस २४ धनगढी। १२ बर्षदेखि २००६ उत्पादन बर्ष भएको पूरानो एम्बुलेन्स चलाउँदै आएका डोटी अस्पतालका एम्बुलेन्स चालक रतन धामीले दुई महिना अगाडी मात्रै प्रदेश सरकारले बाडेको नयाँ एम्बुलेन्स चलाउने जिम्मेवारी पाए। पूरानो एम्बुलेन्सनमा साढे चार घण्टामा डोटीबाट विरामीलाई धनगढी पुगाउने धामीले नयाँ एम्बुलेन्स पाएपछि अझै छिटो पुगाउन सकिन्छ कि ? भन्ने सोचेका थिए। तर टाटा कम्पनीको ४०७/०३१–४ २१२१ मोडेलको उक्त एम्बुलेन्स (मिनी ट्रक) मा डोटीबाट विरामीलाई धनगढी पुगाउन साढे ७ घण्टा लाग्न थालेको छ। ‘दुई महिनाको अवधीमा डोटीबाट– धनगढी ८ पटक सम्म विरामी पुगाएको छु। विरामीलाई छिटो पुगाउन पर्ने हुन्छ। तर ठूलो गाडी भएकाले धेरै समय लाग्न थालेको छ।’ उनले भने।  उनका अनुसार एक चक्के मिनी ट्रक हुँदा पहाडमा चिप्लिने समस्या छ भने छिट्टै ब्रेक तात्ने भएकाले ब्रेक नै नलाग्ने समस्या पनि आउने गरेको छ। यस्ले दुर्घटनाको जोखिम पनि बढाएको छ। नयाँ एम्बुलेन्स निकै खर्चिलो भएको गुनासो समेत उनको छ। ‘१४ बर्ष पूरानो एम्बुलेन्स चलाएर डोटीबाट धनगढी पुग्दा ३८ लिटर मात्रै ईन्धन खर्च हुने गरेको थियो,’ उनले ...