Posts

Showing posts from January 7, 2020
Image
कैलारी संवाददाता, बौनिया, २३ पुष । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सेती लोकमार्ग निर्माणले तीव्रता पाउने बताएका छन् । कैलालीको बौनिया बजारमा आयोजित बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले अब कुनै पनि कारणबाट राजमार्गको निर्माण अलमलमा नपर्ने बताए । सेती लोकमार्ग निर्माणका लागि आफूले पहल गरेको उनले बताए । यही सरकारको पालामा लोकमार्ग निर्माणले पूर्णता पाउने मन्त्री भट्टले दावी गरे । ‘केही कारणले गर्दा लोकमार्ग निर्माणको काम सुस्त भयो । अब निर्माणले तीव्रता लिन्छ ।’ उनले भने, ‘हाम्रै पालामा यसको निर्माण सम्पन्न हुनेछ ।’ लम्कीचुहा नगरपालिका–३, डुडेझारीमा औद्योगिक क्षेत्र निर्माणका लागि कागजी प्रकृया पूरा भएको मन्त्री भट्टले जानकारी दिए । अब औद्योगिक क्षेत्र स्थापनाको भौतिक काम अगाडि बढ्ने उनले बताए । वातावरणीय प्रभाव मूल्यांकनलगायत प्रक्रिया पुरा भइसकेकोले औद्योगिक क्षेत्रको शिलान्यास चाँडै हुने विश्वास मन्त्री भट्टले व्यक्त गरे । महोत्सव उत्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन...

संदिग्ध इरानीलाई अध्यागमन विभागले पक्राउ

Image
काठमाडौँ — संयुक्त राज्य अमेरिकाबाट जारी भएको राहदानी बोकेर नेपाल प्रवेश गरेका एक संदिग्ध इरानीलाई अध्यागमन विभागले पक्राउ गरी फिर्ता पठाएको छ । अमेरिकाले रिचर्ड जोसेफ लिन्डेकरका नाममा जारी गरेको ५९४२२३५३२ नम्बरको राहदानी बोकेर इरानी नागरिक हसन गोल्कर रिजी मलेसिया हुँदै मालिन्दो एयरलाइन्सबाट गत शनिबार काठमाडौं ओर्लिएका थिए । उनलाई साधारण सोधपुछ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मलेसिया नै फिर्ता पठाएको हो । गैरकानुनी रूपमा प्रयोग गरेको अमेरिकी राहदानी पनि अध्यागमनले जफत नगरी उनैलाई फिर्ता दिएको छ । इरानी विशेष फौज (कुड्स) का सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा मारिएको भोलिपल्ट इरानी नागरिक हसन अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका थिए । उनले बोकेको राहदानी ‘स्टोलन एन्ड लस्ट ट्राभल डकुमेन्ट’ (एसएलटीडी) सुविधाअन्तर्गत बनाइएको थियो । एसएलटीडीको विवरण विश्वका प्रहरीको साझा संस्था इन्टरपोलमा समेत दिइएको हुन्छ । एसएलटीडी कुनै मुलुकका व्यक्ति यात्रामा निस्कँदा राहदानी हराए वा चोरी भएमा अर्को व्यवस्था नभएसम्म सम्बन्धित द...

झण्डै पाँच सय पदमा विज्ञापन

Image
लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ। आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो। यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ। लोकसेवा आयोगको काठमाण्डौ, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ। दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट   www.psc.gov.np  बाट डाउनलोड गर्न सकिने छ। 

बहुउपयोगी वनस्पति तुलसी हरेक रोगका लागि उपयोगी मानिन्छ ।

Image
औषधीय गुण भएको बहुउपयोगी वनस्पति तुलसी हरेक रोगका लागि उपयोगी मानिन्छ । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ । चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ । यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन् । यसले भोक जगाउने, रुची जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई सुगन्धले शुद्ध पार्छ भन्ने जनविश्वास छ । तुलसीको अरु औषधिय गुण के के छ त ? १. जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस र श्वास प्रश्वासका समस्यामा नियमित तुलसीको पात चपाएर खाएमा लाभदायी हुन्छ । २. तुलसीको पातको चुर्ण बनाई अदुवा र मरिचसँग मिसाएर खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ । ३. तुलसीलाई तातो पानीमा मिसाएर पिउँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ । ४. धेरै दिशा लागेमा तुलसीको ८/१० वटा पातलाई जाईफल पिनेर खाएमा ठीक हुन्छ । ५. आउ परेमा १०/१२ तुलसीको पात मिस्रीसँग पिनेर खाने गरेमा ठीक हुन्छ । ६. दिशामा रग...
Image

जागिर खुल्याे

लोकसेवा आयोगले ठूलो संख्यामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले बुधवार एक सूचना जारी गर्दै पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो  । एसईई परीक्षा पास भएकाले पनि रोजगारका लागि दरखास्त आह्वान गर्न सक्नेछन् । बुधवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।

मनबात छाउपडी हटाउन मुस्किल

Image
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आफैं गाउँ–गाउँ पुगेर गोठ भत्काउने अभियानमा छन् । तर, भुक्तभोगी स्थानीय अगुवा भन्छन्– ‘मान्छेको दिमागमा गडेको छाउ प्रथा नहटाउँदासम्म गोठ भत्काएर केही हुनेवाला छैन ।’ (वीरेन्द्रनगर) र (कालीकोट) — पाँच वर्षअघि पश्चिम सुर्खेतमा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो । गैरसरकारी संघसंस्थाको अगुवाइमा स्थानीयस्तरमा संगठित किशोरी समूह, आमा समूहका साथै प्रहरी–प्रशासन पनि अभियानमा सरिक भए । छाउगोठ भत्काउने अभियानकी गाविसस्तरीय संयोजक दुर्गा गाहाका अनुसार उतिबेला पश्चिम सुर्खेतमा भएका करिब ७० प्रतिशत छाउगोठ भत्काइएका थिए । अभियान सकियो । गोठहरू फेरि ठडिन थाले । अहिले फेरि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आफैं गाउँ–गाउँ पुगेर गोठ भत्काउने अभियानमा छन् । तर, छाउ प्रथाका भुक्तभोगी स्थानीय अगुवा भन्छन्, ‘मान्छेको दिमाग (सोच) मा गडेको छाउ प्रथा नहटाउँदासम्म गोठ भत्काएर केही हुनेवाला छैन ।’ उतिबेला छाउगोठ भत्काउन तत्कालीन गाउँ विकास समितिका साथै गैरसरकारी क्षेत्रबाट बजेट नै छुट्याउने गरिएको थियो । गाहाका अनुसार पश्चिम सुर्खेतका गु...
Image
कैलारी संवाददाता, धनगढी, पुस ।  धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ का झरिलाल चौधरी जाली गाँउका भलमन्सा हुन्। गत वर्षको माघीमा भलमन्सामा छनोट भएका चौधरीले विगतमा पनि भलमन्सामै दुई पटक छनोट भएका थिए। मौलिक संस्कृती संग जोडिएको माघी पर्वमा थारु समुदायले भलमन्सा र चौकिदार छनोट गर्ने हुँदा यसबर्ष उनी फेरिनेछन्। एक वर्षको लागि समुदायले रुचाएको व्यक्तीलाई भलमन्सा अर्थात गाँउको मुख्य व्यक्ति छनोट गर्ने गरिन्छ। यस वर्षपनि माघी नजिकिदै गर्दा थारु समुदायमा भलमन्साको खोजी भईरहेको चौधरीले बताए। ‘समुदायमा आईपर्ने समस्याको समाधानका लागि अग्रसर हुने काम भलमन्साको हुन्छ,’ उनले भने, ‘समाजमा गरेको योगदानका आधारमा भलमन्सा छनोट गर्ने परिपाटी रहेको छ।’ चौधरीले भने– ‘वर्षभरी राम्रो काम गरे एकै व्यक्ति दोहोरिएर समेत भलमन्सा हुने गर्छ।’ यो संगै थारु समुदायको बाक्लो बसोबास रहेको पश्चिम तराईका दुई जिल्ला कैलाली, कञ्चनपुरमा पनि माघीको रौनक पनि सुरु भएको छ। नयाँ वर्ष जत्तिकै महत्वका साथ मनाईने माघीको रौनक कैलाली कञ्चनपुरका थारु बस्तीमा सुरु भएको हो। स्थानीय कला संस्कृतीलाई समेत टेवा पुग्ने गरि मनाई...
Image
काठमाडाै, २३ पुस। भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ। गरीब र इमानदार  ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा  ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे। स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी  नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो। कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु पाँच लाखसम्मको रकम  वितरण गर्दै आएको बताए। नगरपालिकाले शैक्षिक ऋण दिन निर्दे्शिका तयार गरेको छ। नगरपालिकाले गत आव २०७५÷७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो।  
Image
काठमाडौं :  विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो। विकास तथा प्रविधि समितिले पास गरिसकेको उक्त विधेयक संसद्मा विचाराधीन छ। विधेयकको दफा ९६ उपदफा २८ मा राज्यविरुद्धको अपराध गर्नेलाई जन्मकैदसम्मको सजाय गर्न सकिने व्यवस्था गरिएको हो। उपदफा २८ मा लेखिएको छ, ‘दफा ८८ को उपदफा (१) को कसुरमा कसुरदारलाई प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुनेछ।’ दफा ८८ को उपदफा (१) मा लेखिएको छ, ‘कसैले विद्युतीय माध्यमको प्रयोग गरी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा संघीय एकाइबीचको सुसम्बन्धमा खलल पर्न सक्नेगरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गर्ने वा विभिन्न जात, जाति ...
Image
निर्वाचन क्षेत्र नं ३ र ५ मा फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम शुरु गरेको छ। शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत झापाका ती दुई निर्वाचन क्षेत्रका एक हजार ४०० परिवारको घरमा फुसको छानो हटाएर जस्तापाताको छानो लगाइदिने शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ। खर र परालले छाएको फुसको छानो आगलागी तथा अन्य विपत्तिका बेला असुरक्षित हुने भएकाले सरकारले सुरक्षित आवासका लागि यस्तो अभियान शुरु गरेकोे कार्यालयका इञ्जिनीयर भूपेन्द्र यादवले बताए। गरिब तथा विपन्न समुदायले फुसको छानोमुनि बस्नुपर्ने बाध्यताको अब अन्त्य हुने उनको भनाइ छ। निर्वाचन क्षेत्र नम्बर ५ मा हालसम्ममा ३५० घरमा जस्ताको पाता हाल्ने कार्य सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर ३ मा लक्षित परिवारको लगत सङ्कलन कार्य भइरहेको यादवको भनाइ छ। उनीहरुलाई दुई किस्तामा अनुदान रकम नगदै प्रदान गरिँदै आएको छ। पहिलो किस्ता जस्तापाता खरिदका लागि रु ३० हजार र दोस्रो किस्ता काम सम्पन्न भइसकेपछि रु २० हजार सम्बन्धित व्यक्तिको बैंक खाताम...

बृद्धभत्ता बढ्दै

Image
काठमाडौं  । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले बृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ । यसअघि मासिक २ हजार रुपैयाँ दिइदै आएको बृद्धभत्ता मासिक १ हजार रुपैयाँ बढाएर मासिक ३ हजार रुपैयाँ पुर्याइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् । आर्थिक वर्ष २०५१/२०५२ सालमा तत्कालीन अर्थमन्त्री स्व भरतमोहन अधिकारीले पहिलो पटक बजेटमा वृद्ध भत्ताको व्यवस्था गरेका थिए। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको वृद्ध भत्ता कार्यक्रम लोकप्रिय भएको थियो। सबैले मनमोहन अधिकारीलाई जनताको प्रधानमन्त्रीको संज्ञा दिएका थिए। तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्री अधिकारीद्वयले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिएका थिए।
Image
कैलारी संवाददाता  धनगढी, २२ पुस । सुदूरपश्चिम प्रदेशके ५ स्थानीय तह अभिन फेन बैंकिंग सेवाके पहुँच बाहेर रहल बा । प्रदेश सरकारसे सक्कु स्थानीय तहमे बैंकिंग पहुँच पुगाके वित्तीय साक्षरता अभियानहे तीव्रता डेना नीति लेलेसे फेन अभिनसम बैंकिंग सेवा पुगे नैसेकल हो । नेपाल राष्ट्र बैंक धनगढीके अनुसार सुदूरपश्चिम प्रदेशके बझाङ ओ बाजुरा जिल्लास्थित स्थानीय तह अभिन फेन बैंक तथा वित्तीय संस्थाके पहुँचसे बाहेर रहल बा । बझाङस्थित काडा ओ थलरा गाउँपालिका ओ बाजुराके पाण्डप गुफा ओ गौमुुल गाउँपालिकामे बैक पुगे नैसेकल हो । नेपाल राष्ट्र बैंक धनगढीके निर्देशक निश्चल अधिकारी उ ५ गाउँपालिकामने अभिनसम बैंक शाखा पुगलवारे जानकारी नैआइल बटैलै । प्रदेश सरकारके आन्तरिक मामिला तथा योजना मन्त्रालय हाले वित्तीय सम्मेलन करके सक्कुु तहमे वित्तीय पहुँच पुगैना उद्घोष करल रहे । उ सम्मेलनमार्फत पुस मसान्तसम हिमालयन बैंक बाजुराके पाण्डप गुफा ओ स्वामी कार्तिक गाउँपालिकामे शाखा विस्तार कर्ना प्रतिवद्धता जनाइल रहे । कलेसे कुमारी बैंक बझाङके थलरा गाउँपालिका ओ बाजुराके गौमुल गाउँप...