Posts

Showing posts from January 10, 2020

पूर्व प्राथमिक तहका कक्षामा बालबालिकालाई पढाउनु नहुने बताएका

Image
ललितपुर,  माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बालबालिकाको भविष्य निर्माण गर्ने र बच्चालाई भोलि कस्तो नागरिक बनाउने भन्ने कुरामा मन्टेश्वरीको हात रहने बताउँदै कुनै पनि पूर्व प्राथमिक तहका कक्षामा बालबालिकालाई पढाउनु नहुने बताएका छन् । नेपाल मन्टेश्वरी एशोसियसन (एनएमए) को आयोजनामा ललितपुरस्थित प्रिमियर इन्टरनेशनल आइ.बि वल्र्ड स्कुलमा भएको ‘एनएमएको निरन्तर व्यावसायिक विकास कार्यक्रम २०२०’ मा उनले पूर्व प्राथमिक तहमा बालबालिकाको व्यक्तित्व विकासमा जोड दिनुपर्ने उल्लेख गरे । उनले भने, ‘पूर्व प्रारम्भिक तहका बालबालिकालाई पढाउने काम गर्नुहुँदैन । उनीहरुलाई विद्यालय प्रवेश गर्नुअघि आधारभूत कुरा सिकाउने मात्रै हो । त्यहाँ त बच्चाको व्यक्तित्व विकासमा केन्द्रित हुनुपर्छ । प्रत्येक बालकमा क्षमता हुन्छ, त्यो क्षमतालाई देखाउने र फैलाउने काम प्रि–स्कुलको हो । विद्यार्थीलाई स्वतन्त्र वातावरणमा खेल्न र आफ्ना कुरा भन्न लगाउने वातावरण सृजना गरे मात्र उनीहरुको व्यक्तित्व विकास हुन्छ ।’ उनले प्रारम्भिक बालविकासमा केन्द्रीय सरकार नअल्मलिने र कानूनअनुसार स्थानीय स...

Kailari post कैलारी पाेष्ट: नगरबाटै अनुगमन

Kailari post कैलारी पाेष्ट: नगरबाटै अनुगमन : रुकुम पश्चिम । चौरजहारी नगरपालिका–५ स्थित माध्यमिक विद्यालय खहरेका प्रधानाध्यापक नेत्रबहादुर बुढाले मंसिरमा दुई दिन नगरका पदाधिकारीलाई स्प...

नगरबाटै अनुगमन

रुकुम पश्चिम । चौरजहारी नगरपालिका–५ स्थित माध्यमिक विद्यालय खहरेका प्रधानाध्यापक नेत्रबहादुर बुढाले मंसिरमा दुई दिन नगरका पदाधिकारीलाई स्पष्टीकरण दिए । नगरको शिक्षा, युवा तथा खेलकुद शाखाबाट उनलाई विद्यालयमा किन हाजिर नभएको भनेर सोधियो । कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक लालबहादुर घर्तीले गत असोजमा पहिलो मौखिक स्पष्टीकरण दिए । दुवै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमै गएर स्पष्टीकरण सोधिएको होइन, न उनीहरूलाई नगरपालिकामै बोलाइयो । २ नम्बर वडाको विजयेश्वरीडाँडामा रहेको शाखाबाटै उनीहरूलाई फोनमार्फत स्पष्टीकरण सोधिएको हो । शाखाले कार्यालयबाटै विद्यालयको अनुगमन गर्ने गरेका उदाहरण हुन् यी । शाखाले नगरभित्रका २३ विद्यालयको अनुगमन विद्यालय नपुगेरै गरिरहेको छ । शैक्षिक परामर्श तथा प्रविधि कार्यक्रममार्फत नगरपालिकाले विद्यालयको गतिविधि कार्यालयबाटै अनुगमनको व्यवस्था मिलाएको हो । नगरपालिकामा रहेका ४० विद्यालयमध्ये पहिलो चरणमा २३ विद्यालयमा कार्यक्रम लागू छ । पठनपाठनमा लापरबाही गर्ने, समयमा नआउने, समय नहुँदै विद्यालय छाड्ने शिक्षक र विद्यालय नआउने विद्यार्थीको अनुगमनका लागि कार्यक्र...

कसैलाई नछाेड्नु

Image
काठमाडाै। बिहिबार विहान महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै सो कुरा बताउनु भएको हो । सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निग्रानीमा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नु पर्ने बताउनु भयो । धुलो-धुवा, घाम-पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा Zero Tolerance को नीति अबलम्बन गर्न निर्देशन दिदै राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको साथ सदैव रहने स्मरण गराउदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरि कार्य गर्नु पर्ने उहाँले बताउनु भयो । सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्र...

माैसम सफा रहने

Image
कैलारी। मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम शनिबार सफा हुने मौसमविद्ले बताएका छन्। मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए। अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले शनिबार पानी र हिउँ भने कतै पनि नपर्ने उनले बताए। विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए।   

धनगढी चक्रपथ भत्कन थाले

Image
कैलारी संवाददाता, पुस २५, धनगढी। संघीय सरकारको बजेटमा गत आर्थिक वर्ष २०७५÷०७६ को जेठमा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीले निर्माण गरेका सडक भत्किन थालेका छन्। धनगढी चक्रपथ अन्तरगत त्रिनगर भन्सार देखि राजपुर सम्मको सडक भत्कीएर मर्मत थालिएका बेला जाखोर ताल–हुलाकी सडक खण्ड पनि भत्कीएको हो। न्युन गुणस्तरका निर्माण सामाग्री प्रयोग भएपछि सडकको कालोपत्रे र नाली भत्किएको धनगढी उप–महानगरपालिका वडा नम्बर ७ देवरीयाका स्थानीय चुन्नुलाल चौधरीले बताए। उनले भने ‘नाला बाङ्गो छ। कालोपत्रे सडक उप्कीएको छ। कस्तो निर्माण भएको हो?’यसअघि चक्रपथ अन्तरगत वडा नम्वर ३ को सडक खण्ड पनि भत्कीएको थियो। अहिले वडा नम्वर ७ को सडक भत्किन थालेको हो। पहिलो चरणमा निर्माण गरिएका सडकहरु केही महिना हँदै भत्किएका हुन्। धनगढीको सवारी चापलाई कम गर्न निर्माण गरिएको चक्रपथ सात महिनामै भत्किएपछि स्थानीयले गुणस्तरमा ध्यान नदिएको आरोप लगाएका छन्। वडा नम्वर ७ मा कालोपत्रे उप्किएको छ भने नाली समेत भत्किएको छ। धनगढीमा तीन खण्डमा चक्रपथको साढे १५ किलोमिटर सडक कालोपत्रे भएको थियो। साढे...

माघ मनाउने तरिका फेरिदै तर संस्कार उहि

Image
कैलारी केही वर्षअघिसम्म माघ महिना नजिकिदै गर्दा गाउँगाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो । तर, पछिल्ला वर्षहरूमा माघी मनाउन मेला महोत्सव आयोजना गरी माघी मनाउने तयारी गर्नेको लहर चलेको छ । यस वर्ष पनि माघी मनाउन गाउँगाउँमा मेला महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ । कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लव र हिमशिखर क्लव, हसुलियाले दोस्रो पटक माघ २ र ३ गते थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यस्तै, धनगढी वडा नम्बर ६ स्थित उपदेश युवा क्लवले पुस २९ देखि माघ २ गतेसम्म जालीमा जाली गाउँ माघी महोत्सव २०७६ आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, धनगढी वडा नम्बर ९, बंगरा गाउँमा पनि पुस २९ गतेदेखि माघ २ गतेसम्म तेस्रो पटक बंगरागाउँ माघी मेला आयोजना गर्ने तयारी गरिरहेको बंगरा गाउँका भल्मन्सा ओमप्रकाश चौधरीले बताए । सात वर्षदेखि गोदावरी नगरपािलका वडा नम्बर ८ मजगाउँमा माघी महोत्सव आयोजना गरिरहेको थारु कल्याणकारी सभा गोदावरी नगर समितिले महोत्सवलाई यस वर्ष पनि निरन्तरता द...