कसैलाई नछाेड्नु
- Get link
- X
- Other Apps
काठमाडाै।
बिहिबार विहान महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै सो कुरा बताउनु भएको हो ।
सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निग्रानीमा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।
धुलो-धुवा, घाम-पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा Zero Tolerance को नीति अबलम्बन गर्न निर्देशन दिदै राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको साथ सदैव रहने स्मरण गराउदै गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरि कार्य गर्नु पर्ने उहाँले बताउनु भयो ।
सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानून कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Comments
Post a Comment