धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान

कैलारी संवाददाता, धनगढी/‘देशभ

रिका च्याउ किसानहरु एक हौं’ भन्ने नाराका साथ विभिन्न मागहरु सहित धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान आइपुगेको छ । 
राष्ट्रिय च्याउ जागरण अभियानमा सहभागी च्याउ उत्पादक किसानहरुले बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडामा रहेको केदार च्याउ फार्ममा एक कार्यक्रम आयोजना गरे । 
अभियान झापाबाट सुरु भएको जनाइएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा जारी जागरण अभियानमा भारतबाट अनधिकृत रुपमा हुने च्याउ आयात नियन्त्रण हुनुपर्ने, स्वदेशमा गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने, किसानमैत्री च्याउ नीति तथा च्याउखेतीमा बिमाको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारिएका छन् ।
देशभरका ३५ हजार बढि च्याउ उत्पादक किसान आवद्ध संस्थाले पहिलो पटक राष्ट्रिय जागरण अभियान सुरु गरेको संघका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए । 
अध्यक्ष अधिकारीले ठूलो जनशक्तिलाई स्वदेशमै रोजगारी दिने च्याउ व्यवसायको प्रवद्र्धनप्रति सरकार उदासिन रहेको गुनासो गरे । उनले सरकारले हालसम्म कृषि नीति समेत बनाउन नसकेको आरोप लगाए । 
कार्यक्रममा संघका सह–अध्यक्ष चित्रराज तिम्सिनाले सरकारलाई राष्ट्रिय च्याउ केन्द्र स्थापना तथा च्याउ नीति बनाउन दबाब सिर्जना गर्न जागरण अभियान सञ्चालन गरिएको बताए । 
सहध्यक्ष तिम्सिनाले मेचीदेखि महाकालीसम्म २९ वटा स्थानमा च्याउ उत्पादक किसान, व्यवसायी र स्थानीय तहहरुसंग अन्तरक्रिया गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहज रुपमा उपलब्ध गराउन, च्याउ बीमा कार्यक्रम प्रभावकारी रुपमा लागू गराउन, पोष्ट हार्भेस्ट सम्बन्धी उच्च ज्ञानको आदानप्रदान गर्नुका साथै किसानको समस्या पहिचान गरी समाधानको पहल गरिने चर्चा गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री विनिता चौधरीले कृषि क्षेत्रलाई औद्योगीकरण गर्न परम्पराग कृषि प्रणालीमा आमुल परिवर्तन आवश्यक रहेको बताइन् । 
मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशमा च्याउ उत्पादन व्यवसायलाई व्यवस्थित गर्न प्रदेश सरकारले बिशेष योजना ल्याएको बताइन् । मन्त्री चौधरीले भनिन्– हामी प्रदेशमै च्याउको बिउ उत्पादनको तयारी गर्दै छौ र प्रदेशलाई च्याउ उत्पादनको केन्द्र बनाउने बताइन् ।
मन्त्री चौधरीले च्याउ उत्पादक किसानहरुका लागि प्रदेश सरकारले अनुदान कार्यक्रमहरु ल्याएको बताइन् । 
जागरण अभियानमा नेपाल सरकार कीट विकास केन्द्र ललितपुर, कृषक समूह महासंघ नेपाल, अष्ट अभियान नेपाल र नेपाल कृषि उत्पादन तथा बजारीकरण सञ्जालको सहकार्य तथा एक्येवद्धता जनाएका छन् । अभियानमा कैलाली जिल्लाका च्याउ उत्पादक किसान, विभिन्न कृषि ज्ञान केन्द्रका विज्ञ तथा कृषि प्राविधिकहरुको सहभागी रहेको थियो । 
कार्यक्रम आगामी २९ गते डडेलधुरा पुगेर समापन हुने जनाइएको छ ।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स