सोधेको प्रश्नको जवाफ नदिँदा एक छात्रा कुटिएकी छिन्।

एजेन्सी/
विराटनगरको लर्डबुद्ध स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा अनुश्का ठाकुरलाई विद्यालयका शिक्षक सागर सिंहले कुटपिट गरेका हुन्।
शिक्षकले सोधेको प्रश्नको जवाफ नदिँदा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको अनुश्काका ठुलोबुवा लालमोहन ठाकुरले बताए। शिक्षकको कुटपिटबाट विद्यार्थीको हत्केलामा चोट लागेको छ। 
उता विद्यालयका प्रिन्सीपल विरु झाले विद्यार्थीमाथि कुटपिट भएको घटनाबारेमा आफूले सबैकुरा बुझ्न नपाएको प्रतिक्रिया दिए। उनले घटनाका विषयमा बुझेर शिक्षकले कुटपिट गरेको पाइए कारबाही गर्ने दावी गरेका छन्। 

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान