Posts

Showing posts from February 16, 2020

चलचित्र क्षेत्रको अनुभव लामो भए पनि उमरे त २१ नै हो- राजेश हमाल

Image
महानायक राजेश हमाल एउटा जोक्स दोहोर्‍याइरहन्छन्- ‘चलचित्र क्षेत्रको अनुभव लामो भए पनि उमरे त २१ नै हो। ’ सार्वजनिक कार्यक्रम होस् या महोत्सव हमालको यो जोक्स आइहाल्छ। बुधबार ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ (निफ)मा आफ्नो कथा सुनाउन स्टेज उक्लिएका हमालले पुरानै जोक्स दोहोर्‍याए। उनको जोक्सले राष्ट्रिय सभागृहको माहोल जुर्मुरायो। सिटी र तालीको गडगडाहट चल्यो। तथापि हमालले हरेका कार्यक्रममा २१ वर्षे धाँक लगाउनुको रहस्य खोल्न भ्याए। ‘पेसाले मलाई जहिलै जवान भइरहनुपर्ने, तर मेरो बुबा ऊ बेला २२ वर्षमा डिग्री सकेर पाल्पा आउनुभएको रे। जवान हुँदै उहाँलाई परिपक्क देखिनुपर्ने,’ हमाल स्मृतिमा फर्किए, ‘मलाई याद छ बुबालाई कतिसम्म परिपक्क हुने हतारो थियो भने, टाउकोको एउटा कपाल फुल्दा पनि गर्व गर्दै भन्नुहुन्थ्यो, ‘लु हेर मेरो एउटा कपाल फुल्यो।’ सभागृह प्रेक्षालयमा भएका दर्शक र शुभचिन्तकमाझ हमाल आफ्नो अभियन यात्रासँगै पारिवारिक पृष्ठभूमि र सम्बन्धका बारेमा पनि खुल्न थाले। ‘पाकिस्तान हिँड्ने बेलामा बुबाले मलाई बिदाइको हातसम्म हल्लाउनु भएको थिएन। किनकि, मेरो रोजाइप्रति उहाँ सन्तुष्ट ह...