Posts

Showing posts from January 13, 2020

थारु बस्तीमा माघीको उल्लास

Image
माेती रत्न कैलाली विचार/लेख अहिले पश्चिम नेपालका थारू समुदायमा माघीको उल्लास छाएको छ । कैलाली, कञ्चनपुर लगायतका थारु बस्तीमा माघीको रमजम सुरु भएको हो । माघ सुरु नहुँदै थारु समुदाय पुषलाई बिदाइ गर्न सर–सामान जोहो सुरु गर्न व्यस्त देखिन्छन् । उनीहरू अहिले घर लिपपोत गर्न, जाँड, ढिक्री, रोटी लगायतका परिकार बनाउन व्यस्त छन् । थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन् । माघी अर्थात संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । हप्ता दिनसम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गर्छन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको धनगढीका स्थानीय फुलराम थारुले बताए । ‘माघे संक्रान्ति आउनुभन्दा २ दिन अगाडिदेखि नै थारु समुदायमा माघी पर्वले छोइसकेको हुन्छ’ उनले भने । माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा...

बाबाके सगरा गैनु माघ लहाने र्े हाँ

Image
संस्कृति अहिले पश्चिम नेपालका थारू समुदायमा माघीको उल्लास छाएको छ । कैलाली, कञ्चनपुर लगायतका थारु बस्तीमा माघीको रमजम सुरु भएको हो । माघ सुरु नहुँदै थारु समुदाय पुषलाई बिदाइ गर्न सर–सामान जोहो सुरु गर्न व्यस्त देखिन्छन् । उनीहरू अहिले घर लिपपोत गर्न, जाँड, ढिक्री, रोटी लगायतका परिकार बनाउन व्यस्त छन् । थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन् । माघी अर्थात संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । हप्ता दिनसम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गर्छन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको धनगढीका स्थानीय फुलराम थारुले बताए । ‘माघे संक्रान्ति आउनुभन्दा २ दिन अगाडिदेखि नै थारु समुदायमा माघी पर्वले छोइसकेको हुन्छ’ उनले भने । माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा र...

माघी नयाँ आर्थिक वर्ष भने पक्कै हो।

Image
सँस्कृति कृष्ण सर्वहारी माघेसंक्रान्ति आम नेपालीको पर्व हो। त्यसमा पनि पश्चिमा थारू समुदायले मनाउने खास पर्व हो। थारू समुदायले माघीलाई स्थान विशेषअनुसार माघ, खिचरा, खिचरी, तिला संक्राइत पनि भन्छन्। थारू समुदायमा कसैले यसलाई नयाँ वर्षको रूपमा पनि नामकरण गर्छन्। खासमा माघी नयाँ आर्थिक वर्ष भने पक्कै हो। किनकि गएको वर्षको व्यक्तिगत, सामूहिक हरहिसाबको फरफारक यसै अवसरमा हुन्छ। माघीमा गाउँको अगुवा बरघर चुनिन्छ। गाउँका प्रत्येक घरका एक सदस्य अनिवार्य उपस्थित ख्याल (भेला)ले उही बरघरलाई निरन्तरता दिने कि नयाँ चयन गर्ने म्यान्डेट दिन्छ। कामकारबाहीका क्रममा बरघरले कुनै गल्ती गरे सचेत पनि गराइन्छ। बरघरलाई स्थान विशेषअनुसार ककनडार, भलमन्सा, महटाँवा पनि भनिन्छ। उसकै नेतृत्वमा गाउँ सञ्चालनका लागि मौखिक नियम तय गरिन्छ। जस्तो सिँचाइका लागि झलारी (कामदार)को व्यवस्थापनदेखि चौपायाले बिगार गरे के कति दण्ड जरिवाना लिनेसम्मको नियम बन्छ। त्यस्तै गाउँको रखवारीका लागि चौकीदार, गाउँको मरुवा (देउथान)मा पूजा गर्ने चिराकीदेखि हलो फाली बनाउने लोहारसम्म माघीमा चुनिन्छन्। गाउँ समुदायको मात्रै होइन, परिवारको गर्ढ...

महरा तिम्राे याद अायाे!

सरस्वती अधिकारी,काठमाडौं हो महरा, म तिम्रो यादबाट पर भाग्न सकिरहेको छैन। जुन दिन तिमी पूरा—पूरा शपथ लिएर म भित्र प्रवेश गरेका थियौ, म पूर्ण विश्वस्त थिएँ तिमीले नि:स्वार्थ, निष्कलंक, विभेदरहित भएर आफ्नो जिम्मेवारी पूरा गर्नेछौ भनेर। तर,अफसोच ! तिमीले मेरै बदनाम गरिदियौ। के गल्ती थियो मेरो। मलाई मुखवहीन बनाएर गयौ। हेर त, आज म मुखविहीन भएको छु। यसरी, जसरी मिओ बिनाको दाइँ, बाउबिनाको घर, हाकिमबिनाको अफिस, प्रधानमन्त्री बिनाको क्याबिनेट अनि राष्ट्रपति बिनाको शीतलनिवास। म बालुवाटारलाई सम्झन्छु, म शीतलनिवासलाई सम्झन्छु। कति मोज छ तिनलाई। अभिभावक छ र त मोज छ। तर, यता खडेरी छ आजकल। सल्लाह बढी हल्ला धेर छ यहाँ। तिमी छैनौ नि त भन्नलाई 'मान्य सदस्य बसौं, बसौं मान्य सदस्य, बोल्ने अनुमति दिइन्छ बसौं।' खण‍डहर पो बनाइदिन्छन् कि झैँ लाग्छ आजकल। तिमी गएपछि देश हल्लियो, राजनीति हल्लियो, कतिका चेत खुले होलान् 'सम्बन्धप्रति इमानदार नहुँदा, जथाभावी सम्बन्ध राखेर परिवारलाई पीडा दिँदा, तिम्रो सम्मान खातिर आफ्नो जीवन अर्पित गर्ने संगिनीलाई आँसु दिँदा, बाउ छन् अझै भन्दै गर्वले छाती ठोक्ने छोराला...

फर्सिकाे मुन्टा खाँदा फाईदै फाईदा

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ । युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बत...