थारु बस्तीमा माघीको उल्लास
माेती रत्न कैलाली विचार/लेख अहिले पश्चिम नेपालका थारू समुदायमा माघीको उल्लास छाएको छ । कैलाली, कञ्चनपुर लगायतका थारु बस्तीमा माघीको रमजम सुरु भएको हो । माघ सुरु नहुँदै थारु समुदाय पुषलाई बिदाइ गर्न सर–सामान जोहो सुरु गर्न व्यस्त देखिन्छन् । उनीहरू अहिले घर लिपपोत गर्न, जाँड, ढिक्री, रोटी लगायतका परिकार बनाउन व्यस्त छन् । थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन् । माघी अर्थात संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । हप्ता दिनसम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गर्छन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको धनगढीका स्थानीय फुलराम थारुले बताए । ‘माघे संक्रान्ति आउनुभन्दा २ दिन अगाडिदेखि नै थारु समुदायमा माघी पर्वले छोइसकेको हुन्छ’ उनले भने । माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा...