Posts

Featured Post

नातक : संघर्ष

Image
~ईन्द्र अधिकारी~ दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग । समाज भाडिन लागेको छ, त्यसैको रोकथामको निम्ति । देशमा व्याप्त अव्यवस्थालाई उन्मुलन गर्न म तपाईहरुको आवश्यकता देख्छु अनि आज सम्बोधन हुने कानूनी कार्वाहीहरुलाई प्रत्येक क्षेत्रमा पुर्या उने काममा पनि म तपाइहरुको सहायता माग्दैछु । मैले केही नीतिहरुको तर्जुमा गरेको छ, र म यिनलाई जनता सम्म पुर्यारउने काम तपाइहरुलाई दिदैछु । १.    देश र नरेशको विरुद्ध बोल्नेलाई मृत्यु दण्डको सजाय हुनेछ । २.    नरेशले मानेको संस्कृति र भेषलाई सबैले मान्नु पर्नेछ । त्यही सबैतिर लागु भएको हुनु पर्नेछ । ३.    प्रजातन्त्रको नाममा अमानवीय व्यावहार गर्ने अनि त्रुटिपूर्ण भ्रम फैलाउनेहरुलाई कडा भन्दा कडा सजाय दिइने छ । ४.    नरेशको आदेश पालना नगरी त्यसको विपक्षमा काम गरे त्यसलाई पनि कडा सजाय दिइने छ । ५.    एउटा देशमा एउट...

चलचित्र क्षेत्रको अनुभव लामो भए पनि उमरे त २१ नै हो- राजेश हमाल

Image
महानायक राजेश हमाल एउटा जोक्स दोहोर्‍याइरहन्छन्- ‘चलचित्र क्षेत्रको अनुभव लामो भए पनि उमरे त २१ नै हो। ’ सार्वजनिक कार्यक्रम होस् या महोत्सव हमालको यो जोक्स आइहाल्छ। बुधबार ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ (निफ)मा आफ्नो कथा सुनाउन स्टेज उक्लिएका हमालले पुरानै जोक्स दोहोर्‍याए। उनको जोक्सले राष्ट्रिय सभागृहको माहोल जुर्मुरायो। सिटी र तालीको गडगडाहट चल्यो। तथापि हमालले हरेका कार्यक्रममा २१ वर्षे धाँक लगाउनुको रहस्य खोल्न भ्याए। ‘पेसाले मलाई जहिलै जवान भइरहनुपर्ने, तर मेरो बुबा ऊ बेला २२ वर्षमा डिग्री सकेर पाल्पा आउनुभएको रे। जवान हुँदै उहाँलाई परिपक्क देखिनुपर्ने,’ हमाल स्मृतिमा फर्किए, ‘मलाई याद छ बुबालाई कतिसम्म परिपक्क हुने हतारो थियो भने, टाउकोको एउटा कपाल फुल्दा पनि गर्व गर्दै भन्नुहुन्थ्यो, ‘लु हेर मेरो एउटा कपाल फुल्यो।’ सभागृह प्रेक्षालयमा भएका दर्शक र शुभचिन्तकमाझ हमाल आफ्नो अभियन यात्रासँगै पारिवारिक पृष्ठभूमि र सम्बन्धका बारेमा पनि खुल्न थाले। ‘पाकिस्तान हिँड्ने बेलामा बुबाले मलाई बिदाइको हातसम्म हल्लाउनु भएको थिएन। किनकि, मेरो रोजाइप्रति उहाँ सन्तुष्ट ह...
लक्की चौधरी पश्चिमा थारूहरूले मनाउने विशेष पर्व हो– ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारूले खिचरा भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारूहरूको बसोवास छ । ठाउँअनुसार यो पर्वको नाम फरक भएको हुन सक्छ । यद्यपि, माघेसङ्क्रान्तिको नामले सबै नेपाली समुदायले यस पर्वलाई माघ १ गते मनाउने प्रचलन रहँदै आएको छ ।  बाह्र महिनामध्ये माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ रहन गएको सत्य हो । यद्यपि, पछि यसलाई ‘माघी’ भनी सम्बोधन गर्न थालियो । विशेषगरी थारू समुदायको छाता सङ्गठन थारू कल्याणकारिणी सभा (थाकस) ले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउन शुरु गरेपछि माघलाई माघी भन्न थालियो । पश्चिमका थारूले यो पर्वलाई माघका रूपमा मनाउँछन् । तर, पूर्वका थारू र काठमाडौँ उपत्यकामा कामविशेषले बसोवास गर्ने थारूहरूले साझा पर्वका रूपमा माघलाई ‘माघी’का रूपमा मनाउँदै आएका छन् । उच्चारण जुन शब्दबाट गरिए पनि आखिर भन्न खोजेको ‘माघ’ नै हो । यो पर्वको सुरुवात प...

शान-सौगात’ जोगाउन थारु अगुवाले बनाएका थिए ‘५५ झ्‍याले दरवार

Image
दशरथ घिमिरे राणासँग टक्कर दिँदै ‘शान-सौगात’ जोगाउन थारु अगुवाले बनाएका थिए ‘५५ झ्‍याले दरवार’ [संकटमा १२२ वर्ष इतिहास बोकेको दाङको '५५ झ्‍याले दरबार']  आगनको एक छेउँमा बालुवाको थुप्रो छ। भित्ता चर्किएर दरार परेको छ। दरार पुर्न बाँसको टेकासो लगाइएको छ। एक छेउँबाट अर्को छेउसम्म बाँसको लस्करै टेकासो लगाएर ‘दरबार’मर्मतको तयारी शुरु भएको संकेत दिन्छ। तर, दरबारको एक छेउँको भित्ता, छत र तल्ला सबै मक्‍कीसकेको छ।  गढवा गाउँपालिका वडा नं. ३ गोवरडिहामा एक सय २२ बर्षको इतिहाँस बोकेको ५५ झ्याले सिंहदरबारको अस्तित्व अहिले संकटमा छ। वि.सं. १९९० अघी दरबारको पुरै संरचना थियो। ५५ झ्याल पनि थियो।  तर, त्यो भूकम्पले दरबारको एउटा तला भत्किएपछि अहिले ४३ झ्याल छन्।जोखनप्रसाद चौधरीले वि.सं. १९४७ बाट दरबार बनाउन थालेका हुन । दरबार वि.सं. १९५५ मा निर्माण सम्पन्‍न भयो।  काठमाण्डौं बाहिर पनि ५५ झ्याले सिंहदरबार बनाएर तत्कालीन शासक राणाहरुसँग टक्कर गरेको आरोपमा देवेन्द्र चौधरीका बाजे टंकनाथ चौधरीले मुद्दा खेपे। तर, त्यो मुद्दाले सताउने देखेपछि ‘अञ्जान‘मा सिंहको मूर्ति बनाउन पुगिएको जावफप...

गाैरीगंगामा माघ मिलन

Image
कैलारी संवाददातन, ८ माघ । कैलालीको गौरीगंगा नगरपालीका वडा नं. १ मा थारु सांस्कृतिक माघ मिलन कार्यक्रम आयोजना गरिएको छ ।  नविन चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशकी सदस्य चुनकुमारी चौधरी रहेकी थिईन । कार्यक्रममा विशिष्ठ अतिथिमा गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तराज जोशी रहेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले वडामा थारु होमस्टे बनाउन प्रदेश सरकारसँग पहल गर्ने बताईन् । थारु समुदायको मुख्य चाड नै माघ भएकाले माघलाई हर्षाेल्लासका साथ मनाउनुपर्ने उनले बताईन । फरक प्रसंगमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले छाडा पशु चौपायाको व्यवस्थापनका लागी सबैको पहल अनिवार्य भएको बताईन । ‘छाया चौपाया अहिलेको मुख्य समस्या रहेको छ’ उनले भनिन् ‘यो समस्या समाधानका लागि स्थानिय तह एवम् प्रदेश सरकारका साथै सर्वसाधारणको पनि उत्तिकै सहभागिता आवश्यक हुन्छ ।’ उनले थारु संस्कृतिको जर्गेना तथा संरक्षणमा आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताईन् ।  वडा कार्यालय मुख्य प्रायोजक रहेको कार्यक्रमको सञ्चालन भागीराम चौधरीले गरेका थिए ।

खेलकुद सुरु

Image
कैलारी एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले प्रतियोगिताको उद्घाटन गरेका छन् । सो अवसरमा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी, शिक्षा शाखा प्रमुख गणेश मिश्र लगायतको सहभागिता रहेको थियो ।  तीन दिनसम्म चल्ने प्रतियोगितामा १०० मिटर, २०० मिटर, ८०० मिटर, १६०० मिटर र ३००० मिटर दौड प्रतियोगिता हुने जनाइएको छ । यसैगरी, १०० र ४०० मिटरको रिले दौड प्रतियोगिता पनि रहेको छ । यस्तै, भलिबल, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, शटफुट, कबड्डी प्रतियोगितासमेत रहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ देखि १२ कक्षासम्मका छात्राछात्रको सहभागिता रहेको जनाइएको छ । , माघ । कैलारी गाउँपालिका विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । वडा नम्बर १, ५ र ७ का विद्यालयको खेल जनकल्याण माध्यमिक विद्यालय पवेरामा भइरहेको छ । यस्तै, वडा नम्बर २, ३ र ४ का विद्यालयको खेल जनकल्याण माध्यमिक विद्यालय के गाउँमा भइरको छ । यसैगरी, वडा नम्ब...

जिल्ला अस्पताल डोटी वषौँदेखि विशेषज्ञ चिकित्सकको पर्खाइमा छ

Image
कैलारी संवाददाता। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिन अघि अनुगमन गर्दै सुविधा सम्पन्न बनाइने भनेको जिल्ला अस्पताल डोटी वषौँदेखि विशेषज्ञ चिकित्सकको पर्खाइमा छ। चार जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले दुई जना मात्रै कार्यरत छन्। दुई वटा दरबन्दी रिक्त छ भने अन्य नर्सिङ कर्मचारीको पनि पदपुर्ती नहुँदा सेवा प्रवाहमा समस्या हुदै आएको अस्पताल व्यवस्थापन समिति डोटीका अध्यक्ष यजराज जोशीले बताए। ‘विषेशज्ञ सेवा विना जिल्ला अस्पतालको औचित्य नै छ्रैन्।’ उनले भने। स्वास्थ्य सेवा प्रदेश सरकार मातहत आएपछि सुधार हुने अपेक्षा गरिए पनि अहिले गठन गरिएका व्यवस्थापन समिति पनि जनशक्ति व्यवस्थानमा उदासिन बनेपछि नागरिकले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। प्रदेशको मन्त्रीपरिषद् बैठकले गत पुषमा गठन आदेश पारित गरेसंगै १५ शैया माथिका सवै अस्पतालले व्यवस्थापन समिति पाएका छन् तर जशक्तिको अभाव भने अझै टरेको छैन्। गठित समितिको ध्यान सेवा सुधारमा नगएपछि सेवा खस्कदै गएको छ। तीन जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल बैतडीको अवस्था पनि उस्तै रहेको छ। तीनवटै दरबन्द...

बजार अनुगमनः धेरै परिणाममा अबैध गुटखा बरामट

Image
धनगढी/ २०७६ साल माघ २ गते कैलाली जिल्ला सुर्तिजन्य नियन्त्रण, नियमन तथा नियन्त्रण समितिले धनगढी बजारका पसलहरूमा अनुगमन ग¥यो । समितिले अनुगमनका क्रममा भण्डारी ब्रदर्श ट्रेड एण्ड सप्लायर्सबाट आवश्यक मापदण्ड पुरा नगरेका छ सय ५२ बोरा मेघाश्री नामको गुट्का बरामद ग¥यो । समितिले मंगलबार (माघ ७ गते) धनगढी बजारमा पुनः अनुगमन ग¥यो । टोलीले धनगढी उपमहानगरपालिका उत्तरबेहडीमा रहेको बालाजी ट्रेड एण्ड सप्लायर्स र चटकपुरस्थित सिटी ट्रेड एण्ड सप्लायर्समा अनुगमन गरेको थियो । टोलीले ती दुवै पसलमा कुनै त्रुटी फेला नपरेको बतायो  भण्डारी ब्रर्दश टे«ड एण्ड सप्लायर्सबाट मापदण्ड पुरा नगरिएका छ सय ५२ बोरा सुर्तिजन्य पदार्थ ‘मेघाश्री’ बरामद गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयले थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनुमोदनसंग भने– हामीले सो पसल शील गरिसकेका छौं र थप अनुसन्धान अघि बढाएर मुद्दा चलाउने प्रक्रियामा जादैछौं । उनले अहिले पनि बजार अनुगमन जारी रहेको बताए । उनले भने– सम्पूर्ण पसलहरूको अनुगमन गरि कहा“–कहा“ र के–के कैफियत भेटियो भन...

कर्मचारीतन्त्र यस्ताे रैछ ।

Image
कैलारी संवाददाता। नियम अनुसार काम गर्ने कर्मचारीलाई कुनै समस्या नै छैन्। कसैले नियम विपरित काम गर्न खोज्छ भने त्यस्ता कर्मचारीलाई टिक्न भने मुस्किल नै होला।’ मसंगको कुराकानीको क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी महिना दिन अगाडी मात्रै भनेका थिए। त्यस्को झण्डै दुई सातापछि सामाजिक विकास मन्त्रालयमै एम्बुलेन्स खरिदका कागजात माग्न पुग्दा मन्त्रालयमै कार्यरत एक जना उच्च अधिकारीसंग भेट भयो। ३० मिनेट सम्मको कुराकानीमा उनले मैले राखेका जिज्ञासाको वेवास्ता गर्दै एकपछि अर्को गर्दै आफ्ना गुनासा पोखे। ‘सुदूरपश्चिम सरकार ब्युरोके्रसी (कर्मचारीतन्त्र) मा बदनाम भईसकेको छ,’ उनले भने, ‘सासंददेखि मन्त्री सम्म मापदण्ड विपरित काम गर्न दबाव दिन्छन्। कर्मचारीलाई त्यस्तो अधिकार नै हुँदैन्। त्यसैले उच्च अधिकारी त प्रदेशका कुनै पनि मन्त्रालयमा आउन मानिरहेका छैनन्।’ उनले अगाडी थपे, ‘मन्त्रलायले नीति नियम बनाएर मातहतका निकायलाई कार्यान्वयनका लागि आदेश गर्ने हो। तर सुदूरपश्चिमका सबै मन्त्रालयहरु बजेट आँफै खर्च गर्न खोजिरहेका छन्। यस्ले कर्मचारीतन्त्रमा सुदूरपश्चिम सरकारको छवी बिग...

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

Image
इन्द्र चाैधरी नेपालको प्रदेश नं. ७ मा पर्ने कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास गर्ने आदिवासी हो, रानाथारू। यस जातिको उत्पत्तिका विषयमा मतैक्य पाइँदैन। तर, यी जाति राजस्थान (चित्तौढगढ) का राजाका वंशज हुन् भन्ने धारणा पाइन्छ। प्रत्येक १० वर्षको अन्तरालमा हुने जनगणनाले रानाथारूको छुट्टै गणना गरेको छैन। यो समुदायलाई थारूअन्तर्गत नै राखिएको छ। गोपाल दहितद्वारा लेखिएको थारू–नेपाली–अंग्रेजी शब्दकोशमा ‘नेपालको कैलाली तथा भारतको उत्तरप्रदेशमा बसोबास गर्ने थारू जाति, स्वयंलाई महाराणा प्रतापको वंश मान्ने थारू जाति’ भनेर ‘रानाथारू’लाई अथ्र्याइएको पाइन्छ। रानाथारूहरू आफ्नो भाषा, कला, संस्कृति, रहनसहन, वेशभूषा, चालचलन, परम्परा, चाडपर्व सबै प्रकारले अन्य थारूभन्दा पृथक भएको बताउँछन्। कति छन् रानाथारू ? समग्र थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको २०६८ सालको जनगणनाले देखाउँछ। जुन नेपालको कुल जनसंख्याको ६.६ प्रतिशत हो। तर, आजसम्म रानाथारूहरूको जनसंख्या कति छ ? भनेर छुट्टै गणना गरिएको तथ्यांक उपलब्ध छैन। यसकारण नेपालमा रानाथारूको जनसंख्या यति नै छ भन्न सकिने अवस्था छैन। नेप...

कर्मचारीहरुलाई पनि आन्तरिक प्रतिस्पर्धा र गोल्डेन हेण्डसेकको सुविधा दिइने

Image
काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक प्रतिस्पर्धा र गोल्डेन हेण्डसेकको सुविधा दिइने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाको मौका दिने व्यवस्था गरिएको हो । ऐनको मस्यौदामा २०५९ जेठ १५ गतेसम्म विद्यालयको स्वीकृत दरबन्दीमा नियुक्ति पाई २०७३ असार १५ गते सम्म निरन्तर कार्यरत कर्मचारी सेवामा नरहेपनि वा काम छाड्न चाहेमा सुविधा पाउने उल्लेख छ । अत्यन्त गोप्य राखिएको ऐनको मस्यौदाको परिच्छेद ६ दफा ६६ को विद्यालय कर्मचारी सम्बन्धी व्यवस्था शीर्षकको उपदफा ३ मा विद्यालय कर्मचारीहरुको दरबन्दीमा पदपूर्ति गर्दा यो ऐन प्रारम्भ हुँदाका बखत कार्यरत रहेका कर्मचारीहरुमध्येबाट एक पटकका लागि आयोगले तोके बमोजिमको विज्ञापन गरी आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गरिने उल्लेख छ । साथै, एकपटकको आन्तरिक विज्ञापनमा प्रतिस्पर्धा गर्न विद्यालय कर्मचारीहरुलाई उमेरको हद नलाग्ने जनाइएको छ । यस्तै, उपदफा १ मा सार्वजनिक विदालयमा स्थानीय तहले स्वीकृत गरेबमोजिमको संख्यामा विद्यालय कर्मचारीको दरबन...

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

Image
काठमाडौं :  बलिउडका महानायक अमिताभ बच्चनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाट्स पोष्ट गरेका छन् । उनको यो पोष्टले अहिले सामाजिक सञ्जाल तताएको छ । उनले आफ्नी आमालाई सम्झिदै यो स्टाट्स लेखेका हुन् । ‘देब्रे आँखा फरफराएको छ, सानोमा सुनेको थिए यो अशुभ संकेत हो,’ उनले फेसबुमा लेखेका छन्–‘डाक्टरकोमा पुगेका बिग बिलाई आँखाभित्र एक कालो दाग छ । केही असर भने हुँदैन । बढ्दो उमेरको कारण हो । सानोमा जसरी आमाले आफ्नो सारीले मुखमा फु गर्दै तातो आँखामा राख्थिन्, यसै गर्नु, ठीक हुन्छ ।’ उनले थप्दै लेखेका छन्–‘आमा त आमा हुन्छिन् । बिजुलीबाट रुमाल तताए र आँखामा राखेँ तर आँखा ठिक भएन, आमाको आंचल, आमाको आंचल नै हुन्छ ।’