गाैरीगंगामा माघ मिलन

कैलारी संवाददातन, ८ माघ । कैलालीको गौरीगंगा नगरपालीका वडा नं. १ मा थारु सांस्कृतिक माघ मिलन कार्यक्रम आयोजना गरिएको छ । 
नविन चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशकी सदस्य चुनकुमारी चौधरी रहेकी थिईन । कार्यक्रममा विशिष्ठ अतिथिमा गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तराज जोशी रहेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले वडामा थारु होमस्टे बनाउन प्रदेश सरकारसँग पहल गर्ने बताईन् । थारु समुदायको मुख्य चाड नै माघ भएकाले माघलाई हर्षाेल्लासका साथ मनाउनुपर्ने उनले बताईन ।
फरक प्रसंगमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले छाडा पशु चौपायाको व्यवस्थापनका लागी सबैको पहल अनिवार्य भएको बताईन । ‘छाया चौपाया अहिलेको मुख्य समस्या रहेको छ’ उनले भनिन् ‘यो समस्या समाधानका लागि स्थानिय तह एवम् प्रदेश सरकारका साथै सर्वसाधारणको पनि उत्तिकै सहभागिता आवश्यक हुन्छ ।’ उनले थारु संस्कृतिको जर्गेना तथा संरक्षणमा आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताईन् । 
वडा कार्यालय मुख्य प्रायोजक रहेको कार्यक्रमको सञ्चालन भागीराम चौधरीले गरेका थिए ।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान