Posts

Showing posts from January 8, 2020

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान

Image
कैलारी संवाददाता, धनगढी/ ‘देशभ रिका च्याउ किसानहरु एक हौं’ भन्ने नाराका साथ विभिन्न मागहरु सहित धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान आइपुगेको छ ।  राष्ट्रिय च्याउ जागरण अभियानमा सहभागी च्याउ उत्पादक किसानहरुले बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडामा रहेको केदार च्याउ फार्ममा एक कार्यक्रम आयोजना गरे ।  अभियान झापाबाट सुरु भएको जनाइएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा जारी जागरण अभियानमा भारतबाट अनधिकृत रुपमा हुने च्याउ आयात नियन्त्रण हुनुपर्ने, स्वदेशमा गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने, किसानमैत्री च्याउ नीति तथा च्याउखेतीमा बिमाको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारिएका छन् । देशभरका ३५ हजार बढि च्याउ उत्पादक किसान आवद्ध संस्थाले पहिलो पटक राष्ट्रिय जागरण अभियान सुरु गरेको संघका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए ।  अध्यक्ष अधिकारीले ठूलो जनशक्तिलाई स्वदेशमै रोजगारी दिने च्याउ व्यवसायको प्रवद्र्धनप्रति सरकार उदासिन रहेको गुनासो गरे । उनले सरकारले हालसम्म कृषि नीति समेत बनाउन नसकेको आरोप लगाए ...

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै

Image
कैलारी संवाददाता, पुस डोटी: डोटीमा नेपाल प्रहरीले जिल्लामा सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। प्रहरीले यहाँका विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएका दिपायल पिपल्लाका तेजबहादुर डुम्रेललले बताए। प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ स्थानीय तह, समुदाय, सामाजिक सङ्घ/संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी उक्त अभियान जिल्लाभरी शुरु गरिरहेको छ। उक्त अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक देउवाले बताए।  त्यस्तै जिल्ला ट्राफिक प...

सोधेको प्रश्नको जवाफ नदिँदा एक छात्रा कुटिएकी छिन्।

Image
एजेन्सी/ विराटनगरको लर्डबुद्ध स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा अनुश्का ठाकुरलाई विद्यालयका शिक्षक सागर सिंहले कुटपिट गरेका हुन्। शिक्षकले सोधेको प्रश्नको जवाफ नदिँदा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको अनुश्काका ठुलोबुवा लालमोहन ठाकुरले बताए। शिक्षकको कुटपिटबाट विद्यार्थीको हत्केलामा चोट लागेको छ।  उता विद्यालयका प्रिन्सीपल विरु झाले विद्यार्थीमाथि कुटपिट भएको घटनाबारेमा आफूले सबैकुरा बुझ्न नपाएको प्रतिक्रिया दिए। उनले घटनाका विषयमा बुझेर शिक्षकले कुटपिट गरेको पाइए कारबाही गर्ने दावी गरेका छन्। 

सूचनामा पहुँच न्युन

Image
कैलारी संवाददाता, पुस बझाङ: बझाङका महिला तथा सिमान्तकृत समुदायको सूचनामा पहुँच न्युन रहेको एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षणका अनुसार स्थनीय तहमा महिला तथा सिमान्तकृत समुदायको सहभागिताको अभ्यास र सूचनामा पहुँच न्युन देखिएको छ। सहारा नेपालद्वारा संचालित शुशासन परियोजनाले मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा गरेको सर्वेक्षणमा स्थानीय सरकारसँग महिला तथा सिमान्तकृत समुदायको पहुँच न्युन रहेको पाइएको छ। सार्वजनिक भएको प्रतिवेदनमा समुदायमा रहेका चलाख र जान्ने बुझ्नेहरु नै सूचनाको पहुँचमा बढी रहने देखिएको हो।  स्थानीय निकायमा हुने विकास निर्माणका कार्यहरुमा महिला र सिमान्तकृत समुदायको सहभागिता नामले मात्रै हुने गरेको र निर्णायक तहमा पहुँच नहुने गरेको प्रतिवेदनमा उल्लेख छ। महिलाहरुलाई उपभोक्ता समितीको कोषाध्यक्ष पदमा समावेश गरिएको भएपनी हस्ताक्षर मात्रै गराउने परिपाटी रहेको पाईएको छ।   सहारा नेपालको शुशासन परियोजनाले मष्टा गाँउपालीका र जयपृथ्वी नगरपालीकामा रहेका महिला,  सिमान्तकृत समुदायका व्यक्ति र जनप्रतिनीधीहरुसँग गरेको छलफल, अन्तरक्रिया र अन्तरवार्ताका आधारम...

योजनाको अहिलेसम्म अनुमगन प्रतिवेदन नै बनेको छैन ।

Image
टीकापुर/ वर्षा सकिएसंगै गत भदौमा टीकापुर नगरपालिका वडा नम्बर ८ कालिमिटी गाउँमा मानिसलाई आवतजावत गर्न बाँसको अस्थायी पुल बनाइयो । स्थानीयले पुल निर्माणमा करिब १२ हजार रुपैयाँ बढि खर्च गरे । सो रकममध्ये किलाकाँटी खरिदका लागि आठ हजार रुपैयाँ वडा नम्बर ८ को बजेटबाट खर्च हुने गरी नगरपालिकाले भुक्तानी दिनुपर्ने थियो । अहिलेसम्म स्थानीयले सो रकम भुक्तानी पाएका छैनन् । कारण सो योजनाको अहिलेसम्म अनुमगन प्रतिवेदन नै बनेको छैन । स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा विकास निर्माण योजना, कार्यक्रमको अनुगमन गर्नुपर्ने हुन्छ । टीकापुर नगरपालिका उपप्रमुखको नेतृत्वको अनुगमन टोलीले अनुगमन नगरेका कारण चार महिनादेखि स्थानीयले भुक्तानी पाएका छैनन् ।  यस्तै अवस्था टीकापुर नगरपालिका कार्यालयदेखि करिब तीन सय मिटरको दूरीमा रहेको सामुदायिक रेडियो टीकापुर एफएमको नयाँ भवन निर्माण योजनाले पनि बेहोर्नुप¥यो । भवन निर्माण समितिले अनुगमन गरिदिन नगरपालिका कार्यालयमा निवेदन दिएको बल्ल १५ दिनपछि अनुगमन भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका उपप्रमुख÷उपाध्य...