सूचनामा पहुँच न्युन

कैलारी संवाददाता, पुस
बझाङ: बझाङका महिला तथा सिमान्तकृत समुदायको सूचनामा पहुँच न्युन रहेको एक सर्वेक्षणले देखाएको छ। सर्वेक्षणका अनुसार स्थनीय तहमा महिला तथा सिमान्तकृत समुदायको सहभागिताको अभ्यास र सूचनामा पहुँच न्युन देखिएको छ।
सहारा नेपालद्वारा संचालित शुशासन परियोजनाले मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा गरेको सर्वेक्षणमा स्थानीय सरकारसँग महिला तथा सिमान्तकृत समुदायको पहुँच न्युन रहेको पाइएको छ। सार्वजनिक भएको प्रतिवेदनमा समुदायमा रहेका चलाख र जान्ने बुझ्नेहरु नै सूचनाको पहुँचमा बढी रहने देखिएको हो। 
स्थानीय निकायमा हुने विकास निर्माणका कार्यहरुमा महिला र सिमान्तकृत समुदायको सहभागिता नामले मात्रै हुने गरेको र निर्णायक तहमा पहुँच नहुने गरेको प्रतिवेदनमा उल्लेख छ। महिलाहरुलाई उपभोक्ता समितीको कोषाध्यक्ष पदमा समावेश गरिएको भएपनी हस्ताक्षर मात्रै गराउने परिपाटी रहेको पाईएको छ।
 
सहारा नेपालको शुशासन परियोजनाले मष्टा गाँउपालीका र जयपृथ्वी नगरपालीकामा रहेका महिला,  सिमान्तकृत समुदायका व्यक्ति र जनप्रतिनीधीहरुसँग गरेको छलफल, अन्तरक्रिया र अन्तरवार्ताका आधारमा उक्त सवेक्षण गरिएको सुशासन परियोजनाका संयोजक डम्बरबहादुर सुनारले बताए।  

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान