चलचित्र क्षेत्रको अनुभव लामो भए पनि उमरे त २१ नै हो- राजेश हमाल
महानायक राजेश हमाल एउटा जोक्स दोहोर्याइरहन्छन्- ‘चलचित्र क्षेत्रको अनुभव लामो भए पनि उमरे त २१ नै हो।
’ सार्वजनिक कार्यक्रम होस् या महोत्सव हमालको यो जोक्स आइहाल्छ।
बुधबार ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ (निफ)मा आफ्नो कथा सुनाउन स्टेज उक्लिएका हमालले पुरानै जोक्स दोहोर्याए। उनको जोक्सले राष्ट्रिय सभागृहको माहोल जुर्मुरायो। सिटी र तालीको गडगडाहट चल्यो।
तथापि हमालले हरेका कार्यक्रममा २१ वर्षे धाँक लगाउनुको रहस्य खोल्न भ्याए।
‘पेसाले मलाई जहिलै जवान भइरहनुपर्ने, तर मेरो बुबा ऊ बेला २२ वर्षमा डिग्री सकेर पाल्पा आउनुभएको रे। जवान हुँदै उहाँलाई परिपक्क देखिनुपर्ने,’ हमाल स्मृतिमा फर्किए, ‘मलाई याद छ बुबालाई कतिसम्म परिपक्क हुने हतारो थियो भने, टाउकोको एउटा कपाल फुल्दा पनि गर्व गर्दै भन्नुहुन्थ्यो, ‘लु हेर मेरो एउटा कपाल फुल्यो।’
सभागृह प्रेक्षालयमा भएका दर्शक र शुभचिन्तकमाझ हमाल आफ्नो अभियन यात्रासँगै पारिवारिक पृष्ठभूमि र सम्बन्धका बारेमा पनि खुल्न थाले।
‘पाकिस्तान हिँड्ने बेलामा बुबाले मलाई बिदाइको हातसम्म हल्लाउनु भएको थिएन। किनकि, मेरो रोजाइप्रति उहाँ सन्तुष्ट हुनुहुन्न थियो,’ छोराको रोजाइले बुबाको मन खुसी थिएन।
उनका बुबा-आमा दुवैजना उच्च शिक्षा प्राप्त थिए। बुबा-आमा दुवै जना पाल्पाकै रहेछन्। उनीहरूको त्योबेला पनि प्रेम विवाह भएको रहेछ। हमालले आफ्नो बुबा-आमाको भेटको प्रसङ्ग खुलाइदिए।
हमाल पाल्पामै जन्मिए हुन्। तर, उनलाई एक वर्षको नहुँदै काठमाडौं ल्याइयो। त्यसपछिको हमालको जीवन देश-विदेश गर्दैमा बित्यो। कारण बुबाको जताजता पोस्टिङ हुन्छ हमाल त्यतै-त्यतै।
पहिलोपटक हमालका बुबाको जागिर पाकिस्तानमा तय भयो। उनी बुबा-आमासँगै पाकिस्तान गए। बुबाको जागिर भारतमा सरुवा भयो। हमालले २ कक्षासम्म दिल्लीमा पढे। पुनः नेपाल आए र कक्षा पाँचसम्म सेन्ट जेभियर्स स्कुलमा पढे।
‘मैले मेरो विद्यालय उमेरमै ५/७ वटा देश घुमिसकेको थिएँ। यसले मेरा स्थायी साथी, समूह भएनन्,’ उनले विद्यालय उमेर अनि ऊ बेलाको नेपाल र नेपाली भूमिसँगको फितलो सम्बन्ध सम्झिए।
नेपाल र नेपाली पृष्ठभूमिसँगको धमिलो सम्बन्धमा पनि नेपाली फिल्म क्षेत्रबाट आफ्नो नाम, दाम अनि पहिचान बनेकोमा हमाल गर्व गर्छन्।
तथापि नेपाल र नेपालीमाझ आफ्नो गहिरो सम्बन्ध भएरपनि आफ्नै बुबासँगको चिसो सम्बन्धले हमाल आज पनि छट्पटाइरहेका छन्। उनमा हीनताबोध छ। कि, आफ्नो पेसा र छनोटबारे आफ्नै बुबालाई खुसी बनाउन नसकेकोमा। अभिनय र फिल्म यात्राको सफलता बुबालाई देखाउन नपाएकोमा।
‘तर, अपसोच मैले मेरो कामप्रति विश्वास दिलाउन नपाउँदै बुबाले सधैंका लागि छोडेर जानुभयो।’
‘मलाई अभिनय नै गर्नु थियो। रुचि यसैमा थियो। तर, समय फिल्म, अभिनयका लागि विस्वास गर्नेगरिको थिएन र अभिनयमा पनि भविष्य छ भन्ने अविभावकलाई बुझाउन कठिन थियो।
हमाल थप्छन्,‘मेरो परिवारको समस्या पनि यही थियो। बुबा-आमाको अस्वीकृतिमै अभिनयको बाटो रोजेको थिएँ।’
‘मलाई विश्वास थियो कि, एक दिन बुबालाई मेरा रोजाइ र छनोटप्रति विश्वास दिलाउन सक्छु। मेरो कर्मले बुबालाई खुसी बनाउन सक्छ भनेर,’ हमाल ती दिन सम्झदै पश्चाताप गर्छन्, ‘तर, अपसोच मैले मेरो कामप्रति विश्वास दिलाउन नपाउँदै बुबाले सधैंका लागि छोडेर जानुभयो।’
हमाल विश्वस्त थिए कि, बुबाले आफ्नो मर्म, भावना सहजै बुझ्नु हुनेछ। किनकि जुन विषयमा रुचि र विश्वास छ, त्यसले सफलता दिलाउँछ र सफलताले पारिवारिक सम्बन्धलाई पनि सहज बनाउनेछ। तर, हमालको बुझाइ र सोचाइले दीर्घरूप लिन सकेन।
‘बुबा विदेशी भूमि पाकिस्तानमा बित्नुभयो। राजदूत भएर पाकिस्तान पुग्नु भएको उहाँ पाकिस्तानी राष्ट्रपतिलाई भेटेर फर्कदै गर्दा गाडीमै बित्नुभयो,’ सम्बन्ध सुधार गर्न नपाउँदै बुबाको निधनले उनलाई स्तब्ध बनायो।

‘पाकिस्तान हिँड्ने बेलामा बुबाले मलाई बिदाइको हातसम्म हल्लाउनु भएको थिएन। किनकि, मेरो रोजाइप्रति उहाँ सन्तुष्ट हुनुहुन्न थियो,’ छोराको रोजाइले बुबाको मन खुसी थिएन।
पाकिस्तानमा बुबा बितेको त्यो क्षण हमालका आँखामा झलझली छ।
‘फिल्म गोपीकृष्णको छायाँकनस्थलमा थिएँ। बुबा बितेको खबर पाएँ। त्यही दिनदेखि एउटा गुनासो मनमा रहिरह्यो कि, मैले आफ्नै बुबालाई गुडबाई भन्ने मौका पाइँन। त्यो दिन मैले मेरो रोजाइ र पेसाप्रति बुबालाई विश्वास दिलाउने अवसर गुमाएँको थिएँ।’
गत मङ्सिरमा बितेका चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईलाई सम्झदै हमाल भन्छन्, ‘अस्ति केशव भट्टराईको निधनमा पनि बुबाको याद आयो। उहाँहरूको निधन मिल्दोजुल्दो थियो। भट्टराई झैं बुबाको पनि गाडीमा स्वासप्रस्वासमा समस्या आएर भएको थियो। उहाँहरूको उमेर पनि उस्तै-उस्तै ५६ को।’
हमालका लागि पारिवारिक रूपमा अभिनय, फिल्म जस्ता विषय अस्वीकृत थिए। तथापि उनी आज जुन स्थानमा छन् त्यसको श्रेय परिवारमा निहित छ।
हमालले थुप्रै फिल्ममा आम जनतासँग मिल्दो पात्रमा रहेर काम गरे। भुइँमान्छेका कथामा त्यहीअनुरूपको अभिनय गरेर दर्शकको मन जित्न सफल भए। योे सफलताको श्रेय भने उनी आफ्ना बुबा-आमालाई नै दिन चाहान्छन्।
‘बुबाको निधनले मलाई भावनात्मक बनायो। अरुको जुत्तामा आफूलाई उभिन सिकायो। त्यही सिकाइले भुइँमान्छेका चरित्र निर्वाह गर्न सहज बनायो। तिनै चरित्रहरूले यहाँसम्मको सफल यात्रा तय गरिदियो,’ वर्तमानमा पनि आफ्नो क्रेज रहिरहनुमा त्यही भावनात्मक बुझाइ गहन मान्छन् हमाल।
हमालका लागि पारिवारिक रूपमा अभिनय, फिल्म जस्ता विषय अस्वीकृत थिए। तथापि उनी आज जुन स्थानमा छन् त्यसको श्रेय परिवारमा निहित छ।
‘अभिनय, फिल्मी करयर परिवारबाट अस्वीकृत थियो, तर जुन प्रकारको स्कुलिङ मेरो बुबा-आमाबाट थियो त्यसले नै अभिनयमा आँट दिलाएको थियो। फिल्मी करियरका लागि हिम्मत जुटाएको थियो,’ उनले भने।

Comments
Post a Comment