माैसम सफा रहने

कैलारी।
मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम शनिबार सफा हुने मौसमविद्ले बताएका छन्। मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।
अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले शनिबार पानी र हिउँ भने कतै पनि नपर्ने उनले बताए। विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए। 
 

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान