बसपार्कमा यात्रु तानातान
कैलारी संवाददाता,पुस
धनगढी।धनगढी बसपार्कमा विद्यमान यात्रु तानातानको समस्या रोक्ने दावी गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्राली लगायत अन्य विभिन्न यातायात प्रालीहरुले प्रहरी प्रशासनको सहयोगमा यात्रु तानातानको समस्या रोक्ने दावी गरिएको हो।
‘यातायात व्यवसायी र कर्मचारीहरुले यात्रु तानातान गर्ने समस्या रहेको छ,’ सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटाले भने, ‘अव यात्रु तानातान गर्ने, भाडा घटाएर लैजाने, बुकिङ काउण्टर अगाडी उभिएर यात्रुलाई टिकट काट्न समस्या उत्पन्न गराउनेलाई कानुनी कारवाही हुन्छ।’
उनले भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि समेत उक्त निर्णय गरिएको बताए। ‘रिक्सा चालक, होटल सञ्चालक र केही यातायात व्यवसायीहरुको सेटीङमा यात्रु किनबेच हुने समस्या समेत रहेको छ। अव त्यस्ता कार्य संग्लन भए कारवाहीको दायरामा ल्याउँछौ।’ उनले भने। उनले बसपार्क क्षेत्रमा सिसिटीभी जडान समेत भईसकेको बताउँदै यात्रुलाई सास्ती दिने कार्य नगर्न सबैमा आग्रह गरेका छन्।

Comments
Post a Comment