माघी मिलन साँस्कृतिक महोत्सवको तयारी तिब्र

राम अवतार चौधरी
कपिलवस्तु, २४ पुस । कपिलवस्तुको शिवराज–९, शिवगढी, भगवानपुरमा हुन लागेको तेस्रो माघी मिलन साँस्कृतिक महोत्सवको तयारी तिब्रा पारिएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा यहि पुस २८ गते देखि माघ १ गते सम्म हुन लागेको महोत्सवको तयारी तिब्रा पारिएको हो ।

“हमन संस्कृति हमनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान“ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवलाई सबै मिली सव्य भव्य बनाउनका लागि आयोजकले आग्रह गरेको छ ।

महोत्सवका मुख्य आकर्षणहरू थारु पुर्खाैली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामाग्रीको प्रदर्शन, झुम्रा, झररा, लाठी, मयुर, सजनी बिराहनी लगायका थारु नृत्य, थारु खानाको परिकार, थारु भेषभुषाको प्रदर्शन आदि लगायत थारु समुदायसँग सम्बन्धित लोप हँदै गएको संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको महोत्सव संयोजक रमेश थारुले बताउनुभयो ।

यस्तै आकर्षणको केन्द्रबिन्दुका रूपमा थारु गायक तथा एरेन्जर गणेश चौधरी, आधुनिक, भोजपुरी तथा थारु गायक श्रीनिवास थारु, आधुनिक एवम् थारु गायिका समिक्षा चौधरी, थारु गायक रमेश मिसन लगायत कलाकारहरू रहेका छन् ।

त्यसैगरी थारु गायक सिमान्त चौधरी, सरगम चौधरी, रन्जित थारु, गायिका संगिता चौधरी, थारु गायक उत्तम सिटी, मोडल तथा डान्सर ममता चौधरी, गायक राजकुमार चौधरी, मोडल एवम् डान्सर शारदा थारु, गायक रमेश सिटी, गायक विष्णु चौधरी, गायक कृष्ण चौधरी, गायक विशाल चौधरी, गायक आर्यन चौधरी, गायिका बिन्दु चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साँस्कृतिक संयोजक शिवराज थारुले जानकारी गराउनुभयो ।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान