देशका सात ठाउँमा वायु मापन स्थापना

यसअघि देशभर १७ स्थानमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरी वायुको गुणस्तर मापन गरिँदै आएको छ । चालु आवभित्रै वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको छ ।
वातावरण विभागका मेकानिकल इन्जिनियर विजय अधिकारीले केन्द्र स्थापनाका लागि स्थान छनोट गरी बोलपत्र आह्वान भइसकेको बताए । उनका अनुसार प्रत्येक केन्द्र निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितको उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिने छन् । डिस्पले बोर्डमा वायुको गुणस्तर बारेको देश भरीको अपडेट देखिने छ’ उनले भने, ‘सुदूरपश्चिमका कञ्चनपुरको भीमदत्तनगरको बस पार्क, कैलालीको अत्तरीया चौराह, धनगढी चौराह र डोटीको दिपायलमा डिस्पले बोर्ड राखिने छन् ।’
बोर्डमा वातावरणसम्बन्धी सम्पूर्ण जानकारी दिइने व्यवस्था गरिने उनको भनाइ छ । यसैगरी, वातावरण विभागले स्थानीय तहसँग सहकार्य गरी साझेदारीमा उद्यान निर्माणसमेत गर्ने भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र कैलालीको लम्किचुहा नगरपालिकामा गरी तीनवटा उद्यान निर्माण हुने भएका हुन् । जसका लागि नगरपालिकासँग सम्झौता गरिएको छ ।
उद्यान निर्माणका लागि ६० प्रतिशत विभागले र ४० प्रतिशशत रकम स्थानीय तहले व्यहोर्ने छन ।
डडेल्धुराको भागेश्वर गाँउपालिका र अछामको साफेवगरमा वातावरण अनुकूलित गाँउ (क्लाइमेट स्मार्ट भिलेज) स्थापना गरिएका छन् । जसका लागि सिँचाइ पोखरी निर्माण, प्राकृतिक पानीको मुहान संरक्षण र प्राकृतिक गोठ निर्माण लगायतका कार्य अगाडि बढाइएका छन् ।

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान