काम गर्न बिषयगत समिति बनाउने

कैलारी संवाददाता,
धनगढी, २४ पुस । धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढी उपमहानगरपालिकाका विषयगत समितिहरु सक्रिय बनाउँदै लगेको बताएकी छिन् । 
प्याक्ट÷साहस नामक संस्थाले बिहीबार धनगढीमा आयोजना गरेको स्थानीय सरकारको तहमा संचालन गरेका स्थिति विश्लेषण घटना अध्ययन सम्बन्धी अध्ययनका नतिजा तथा सिफारिस सार्वजनिकरण कार्यक्रममा बोल्दै उपप्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । सुरुका दिनमा विषयगत समितिलाई काम कर्तव्य बुझ्नका लागि केहि समस्या देखिएपनि अब समितिका पदाधिकारीहरु अभ्यस्त भैसकेका छन् उप–प्रमुख भट्टले भनिन् , त्यसैले अहिले सबै विषयगत समिति सक्रिय रहेका छन् ।
आयोजक संस्थाले विभिन्नतहमा अध्ययन गरेर धनगढीमा सार्वजनिक गरेको नतिजा यस स्थानीय तहमा हुबहु नमिल्न सक्छ उपप्रमुख भट्टले भनिन्, तर पनि प्रतिवेदनलाई सकारात्मक रुपमा लिन सकिन्छ । उप–प्रमुख भट्टले धनगढी उपमहानगरपालिकाले सुशासनलाई प्रवद्र्धन गर्नका लागि यसका सबै औजारहरुलाई अभ्यासमा ल्याएको बताइन् ।    

Comments

Popular posts from this blog

घरमुली महिला हुन्छन रानाथारु समुदायकाे

बलिउडका महानायक अमिताभ बच्चनकाे भावुक स्टाट्स

धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान