इन्द्र चाैधरी नेपालको प्रदेश नं. ७ मा पर्ने कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास गर्ने आदिवासी हो, रानाथारू। यस जातिको उत्पत्तिका विषयमा मतैक्य पाइँदैन। तर, यी जाति राजस्थान (चित्तौढगढ) का राजाका वंशज हुन् भन्ने धारणा पाइन्छ। प्रत्येक १० वर्षको अन्तरालमा हुने जनगणनाले रानाथारूको छुट्टै गणना गरेको छैन। यो समुदायलाई थारूअन्तर्गत नै राखिएको छ। गोपाल दहितद्वारा लेखिएको थारू–नेपाली–अंग्रेजी शब्दकोशमा ‘नेपालको कैलाली तथा भारतको उत्तरप्रदेशमा बसोबास गर्ने थारू जाति, स्वयंलाई महाराणा प्रतापको वंश मान्ने थारू जाति’ भनेर ‘रानाथारू’लाई अथ्र्याइएको पाइन्छ। रानाथारूहरू आफ्नो भाषा, कला, संस्कृति, रहनसहन, वेशभूषा, चालचलन, परम्परा, चाडपर्व सबै प्रकारले अन्य थारूभन्दा पृथक भएको बताउँछन्। कति छन् रानाथारू ? समग्र थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको २०६८ सालको जनगणनाले देखाउँछ। जुन नेपालको कुल जनसंख्याको ६.६ प्रतिशत हो। तर, आजसम्म रानाथारूहरूको जनसंख्या कति छ ? भनेर छुट्टै गणना गरिएको तथ्यांक उपलब्ध छैन। यसकारण नेपालमा रानाथारूको जनसंख्या यति नै छ भन्न सकिने अवस्था छैन। नेप...
काठमाडौं : बलिउडका महानायक अमिताभ बच्चनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाट्स पोष्ट गरेका छन् । उनको यो पोष्टले अहिले सामाजिक सञ्जाल तताएको छ । उनले आफ्नी आमालाई सम्झिदै यो स्टाट्स लेखेका हुन् । ‘देब्रे आँखा फरफराएको छ, सानोमा सुनेको थिए यो अशुभ संकेत हो,’ उनले फेसबुमा लेखेका छन्–‘डाक्टरकोमा पुगेका बिग बिलाई आँखाभित्र एक कालो दाग छ । केही असर भने हुँदैन । बढ्दो उमेरको कारण हो । सानोमा जसरी आमाले आफ्नो सारीले मुखमा फु गर्दै तातो आँखामा राख्थिन्, यसै गर्नु, ठीक हुन्छ ।’ उनले थप्दै लेखेका छन्–‘आमा त आमा हुन्छिन् । बिजुलीबाट रुमाल तताए र आँखामा राखेँ तर आँखा ठिक भएन, आमाको आंचल, आमाको आंचल नै हुन्छ ।’
कैलारी संवाददाता, धनगढी/ ‘देशभ रिका च्याउ किसानहरु एक हौं’ भन्ने नाराका साथ विभिन्न मागहरु सहित धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान आइपुगेको छ । राष्ट्रिय च्याउ जागरण अभियानमा सहभागी च्याउ उत्पादक किसानहरुले बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडामा रहेको केदार च्याउ फार्ममा एक कार्यक्रम आयोजना गरे । अभियान झापाबाट सुरु भएको जनाइएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा जारी जागरण अभियानमा भारतबाट अनधिकृत रुपमा हुने च्याउ आयात नियन्त्रण हुनुपर्ने, स्वदेशमा गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने, किसानमैत्री च्याउ नीति तथा च्याउखेतीमा बिमाको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारिएका छन् । देशभरका ३५ हजार बढि च्याउ उत्पादक किसान आवद्ध संस्थाले पहिलो पटक राष्ट्रिय जागरण अभियान सुरु गरेको संघका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए । अध्यक्ष अधिकारीले ठूलो जनशक्तिलाई स्वदेशमै रोजगारी दिने च्याउ व्यवसायको प्रवद्र्धनप्रति सरकार उदासिन रहेको गुनासो गरे । उनले सरकारले हालसम्म कृषि नीति समेत बनाउन नसकेको आरोप लगाए ...
Comments
Post a Comment